‘आँखा स्वास्थ्य प्रति सचेत बनौं’

1.3K

‘आँखा स्वास्थ्य प्रति सचेत बनौं’

‘आँखा समस्या दिनहुँ बढिरहेको छ, यसको हेरचाह कसरी गर्ने ?’ विश्व दृष्टि दिवस २०२५ का अवसरमा नेपाल सरकारले आँखा स्वास्थ्यका लागि सर्वसाधारणमा सचेतना फैलाउन विभिन्न सन्देशहरू सार्वजनिक गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएका अनुसार, आँखा हाम्रो शरीरको अत्यन्त संवेदनशील अंग भएकाले यसको नियमित हेरचाह गर्नुपर्छ ।
स्वस्थ आँखा राख्नका लागि अपनाउनुपर्ने मुख्य उपायहरूमा निम्न कुरा समावेश छन् —
• दैनिक रूपमा सफा पानीले आँखा धुने,
• विटामिनयुक्त खाना खाने,
• चिकित्सकको सल्लाहबिना आँखा औषधि प्रयोग नगर्ने,
• आँखामा चोटपटक लागेमा तुरुन्त चिकित्सककहाँ जाने,
• कुनै पनि समस्या परेमा उपचार केन्द्रमा सम्पर्क गर्ने,
• मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले नियमित आँखा जाँच गर्ने,
• ४० वर्ष नाघेका व्यक्तिले हरेक वर्ष आँखा परीक्षण गर्ने,
• विद्यार्थीको भर्ना अघि बालबालिकाको दृष्टि परीक्षण गराउने ।
विशेषज्ञहरूका अनुसार हाल नेपालमा दृष्टि सम्बन्धी समस्या भएका बिरामीहरूको संख्या तीव्र गतिमा बढ्दै गएको छ । मोबाइल, कम्प्युटर र टेलिभिजनमा लामो समय बिताउने बानीले पनि आँखामा हानि पुर्‍याउने भएकाले समय–समयमा विश्राम दिनु र सही हेरचाह गर्नु अत्यावश्यक भएको उनीहरूको सुझाव छ ।
सरकारले दृष्टि सम्बन्धी स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउन विभिन्न जिल्लामा निःशुल्क आँखा जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।