नेपाल संवत् ११४६ शुभारम्भ : राष्ट्रपतिद्वारा शुभकामना प्रदान

1.3K

नेपाल संवत् ११४६ शुभारम्भ : राष्ट्रपतिद्वारा शुभकामना प्रदान

आजदेखि नेपाल संवत् ११४६ शुरु भएकाे छ । यस अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेलले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएकाे छ ।
राष्ट्रपति पाैडेलद्वारा जारी सन्देशमा नेपाल संवत् चन्द्र मास गणनामा आधारित मौलिक संवत् भएको उल्लेख गर्दै यसले देशको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय पहिचानलाई झल्काउने उल्लेख गरिएकाे छ । नेपाल संवत् ११४६ को सुरुवातको अवसरमा देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा एकता, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न सबैलाई आह्वान गरिएकाे छ ।
सन्देशमा लिच्छवि राजा राघवदेवकाे समयमा काठमाडौं उपत्यकामा रहेका विपन्न वर्गका ऋण मुक्ति र सामाजिक समानताको भावना सहित स्थापित नेपाल संवत्ले सामाजिक न्याय, समृद्धि र प्रगतिका लागि प्रेरणा प्रदान गर्ने उल्लेख गरिएको छ ।
राष्ट्रपतिले नेपाल संवत्‌लाई नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र पहिचानसँग जोडिएको गौरवमय धरोहरका रूपमा सम्मान गर्नुपर्ने बताउँदै नयाँ वर्षले सबैमा आशा, विश्वास र एकता थप सुदृढ पारोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा भनिएको छ, “नेपाल संवत्‌ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो बनाउँदै राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणको मार्ग प्रशस्त गर्नेछ ।”
नेपाल संवत् ११४६ आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम, पूजा–अर्चना र शुभकामनासहित मनाइँदैछ ।