नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आईतबार दिउँसो आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू डा. सुधा शर्मा र बब्लु गुप्ताले शपथ लिनु भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गर्नुभएको थियो । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री र गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त हुनु भएको छ ।
प्रधानमन्त्री कार्कीले अन्य दुई सहित ४ जनालाई मन्त्री सिफारिस गरेपनि खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई अन्तिम समयमा आएर रोकिएको थियो ।