छठ पर्वको अवसरमा व्रतालुहरू पानी पनि नखाई निर्जल उपवास बसेका छन् । यस दिन बेलुकी व्रतालुहरूले खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक ग्रहण गर्छन्, जसलाई ‘खरना’ भनिन्छ ।
सूर्यदेव र छठी माताको आराधनासँग जोडिएको यो चारदिने पर्व शनिबारदेखि सुरु भएको हो । विशेषगरी मधेश प्रदेशमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा पनि व्यापक बन्दै गएको छ ।
छठ पर्वको तराईका जिल्लामा विशेष महत्व छ । छठ पुजाका लागि नदि तथा जलाशयहरुमा छठ घाट निर्माणका कार्यहरु भईरहेका छन् । छठ पूजा समितिका अनुसार सोमबार बेलुकी अस्ताउँदो र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइने कार्यक्रम छ ।