बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात नेपालको मध्ये भू–भाग नजिक आईपुगेको छ । यो चक्रवात आज (बुधबार) राती नेपाल प्रवेश गर्ने जल तथा मौषम विज्ञान विभाग, मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उक्त चक्रवात मंगलबार राती भारतको आन्द्र प्रदेशमा प्रवेश गरिसकेको र त्यसपछि विस्तारै कमजोर हुँदै उत्तरपश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्ये भू–भाग नजिकबाट पूर्वतर्फ सर्नेछ ।
महाशाखाका अनुसार नेपालमा आज (बुधबार) रातीदेखि शनिबार बिहानसम्म यसको प्रभाव रहनेछ । नेपालको लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको मौषम प्रभावित हुने पनि महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी बायूको साथै अरव सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । ‘मोन्था’ चक्रवातका कारण कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरु, तथा कर्णाली प्रदेशका केही स्थान र बाँकी पहाडी र हिमाली भू–भागका एक दुई स्थानमा मध्येम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात र कोशी तथा मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको छ । यसबाट उत्पन्न हुनसक्ने जोखिमबाट बँच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले गरेको ३ दीनको मौषम सम्बन्धि पूर्वानुमान
२०८२ कार्तिक १२ गते (बुधबार)
दिउँसोः देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
रातीः देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानरूमा मध्यम वर्षा/हिमपात र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
२०८२ कार्तिक १३ गते (बिहीबार)
दिउँसोः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका केही स्थानरूमा मध्यम वर्षा तथा बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२०८२ कार्तिक १४ गते (शुक्रबार)
दिउँसोः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
रातीः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा भू-भागमा अधिकांश बदली रही तराई भू-भागमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका तथा लुम्विनी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको साथै कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।