मजदुर नेता कमल गौतमको निधन भएको छ । रुपन्देहीको बुटवल निवासी नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)का केन्द्रीय उपाध्यक्ष गौतमको बिहिबार निधन भएको हो ।
ट्रंक लाईन विवादमा रहेका उद्योगहरुको विद्युत लाईन काटिएको विषयलाई लिएर बिहिबार भैरहवामा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दागर्दै वेहोस भएर लडेका गौतमको तत्कालै निधन भएको हो ।
कार्यक्रममा सम्बोधन गरिरहँदा वेहोस भई लडेका मजदुर नेता गौतमलाई तत्कालै मणिग्राम स्थित क्रिमसन अस्पताल पु¥याईएको थियो । तर अस्पतालमा डाक्टरले मृत्यु भईसकेको घोषणा गरेका हुन् ।