तिलोत्तमा नगरपालिकाका मेयर खाण एसिया–प्रशान्त काउन्सिल सदस्यमा निर्वाचित

1.3K

तिलोत्तमा नगरपालिकाका मेयर खाण एसिया–प्रशान्त काउन्सिल सदस्यमा निर्वाचित

रुपन्देहीकाे तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँड संयुक्त शहरहरू र स्थानीय सरकारहरू एसिया–प्रशान्त (युसिएलजी एएसपिएसी) को २०२५–२०२७ कार्यकालका लागि काउन्सिल सदस्यमा निर्वाचित हुनु भएकाे छ ।
कोरिया गणराज्यको गोयाङ विशेष सहरमा सम्पन्न १०औं युसिएलजी एएसपिएसी कांग्रेसमा तिलोत्तमा नगरपालिकालाई काउन्सिल सदस्यको रूपमा चयन गरिएको हो । यस निर्वाचनले दक्षिण र दक्षिण–पश्चिम एसियाका सदस्यहरूले तिलोत्तमा नगरपालिकाको क्षमतामाथि देखाएको विश्वास र भरोसालाई प्रतिनिधित्व गर्छ ।
युसिएलजी एएसपिएसीकी महासचिव डा. बर्नाडिया इरावती तजन्द्रादेवीले मेयर खाँडलाई पठाएको बधाई सन्देशमा “तिलोत्तमा नगरपालिकाको अनुभव, विशेषज्ञता र दृष्टिकोणले युसिएलजी एएसपिएसीको कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ र हाम्रो क्षेत्रको भविष्य निर्माणमा मद्दत गर्नेछ।”, लेख्नुभएकाे छ ।
युसिएलजी एएसपिएसी एशिया–प्रशान्त क्षेत्रका शहरहरू र स्थानीय सरकारहरूको साझा मञ्च हो, जसले स्थानीय सरकारका हितको वकालत गर्न, संवादलाई सहज बनाउन र सहकार्यलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यो संस्थाले दिगो विकास, समावेशी नीति निर्माण र समुदायहरूको समृद्धिको लागि काम गर्दै आएको छ ।
महासचिव डा. तजन्द्रादेवीले पनि, “हामी, युसिएलजी एएसपिएसी सचिवालयमा, सबै काउन्सिल सदस्यहरूसँग नजिकबाट काम गर्न प्रतिबद्ध छौं ताकि साझा उद्देश्यहरूलाई अगाडि बढाउन र क्षेत्रीय उन्नतिमा योगदान पुर्‍याउन सकियोस् ।” भन्ने उल्लेख गर्नुभएकाे छ ।
काउन्सिल सदस्यको रूपमा तिलोत्तमा नगरपालिकासँग अब नीति निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने, सकारात्मक परिवर्तन ल्याउने र स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्ने अवसर प्राप्त भएको छ।
यस उपलब्धिलाई तिलोत्तमा नगरकालागि मात्र नभई नेपालका सम्पूर्ण स्थानीय तहहरूको अन्तर्राष्ट्रिय स्तरमा सशक्त उपस्थितिको प्रमाणका रूपमा हेरिएको छ ।