बहुविवाहको अभियोगमा डिएसपी नेपाल पक्राउ

1.3K

बहुविवाहको अभियोगमा डिएसपी नेपाल पक्राउ

प्रहरी नायव उपरीक्षक मधु नेपाललाई बहुविवाहको अभियोगमा पक्राउ गरिएको छ । पूर्वी नवलपरासीको कावासोतीमा कार्यरत प्रनाउ नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देही मंगलबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रदिपबहादुर क्षेत्रीका अनुसार श्रीमतीको उजुरीका आधारमा पक्राउ पुर्जी लिएर प्रनाउ नेपाललाई पक्राउ गरिएको हो ।
पक्राउ परेको नेपाललाई तीन दिनको म्याद लिएर अनुसन्धान अंगाडि बढाईएको उहाँले बताउनु भयो । स्रोतका अनुसार नेपालले प्रहरीकै असईलाई दोस्रो विवाह गरेका हुन् ।