बुटवलमा नवौँ जिल्लास्तरीय स्नुकर प्रतियोगिता हुँदै

1.3K

बुटवलमा नवौँ जिल्लास्तरीय स्नुकर प्रतियोगिता हुँदै

नेपाल बिलियड्र्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस दोस्रो सातादेखि बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ ।
बुटवलस्थित खस्यौली स्नूकर क्लबमा पुस १४ गते देखि एक हप्तासम्म प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष सुजन पुनले जानकारी गराउनु भयो । उहाँका अनुसार प्रतियोगितामा रुपन्देही जिल्लाका १२८ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा हाइएस्ट स्कोररले २० हजार, उदियमान खेलाडी र अनुशासित खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार सहित स्नूकर स्टीक प्रदान गरिनेछ ।
१५ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाको मुख्य आर्थिक सहयोग रहने छ । प्रतियोगिता सम्पन्न गर्न ५ वटा उपसमिति गठन गरेर तयारी अघि बढाइएको छ ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले रुपन्देही स्नुकर खेलको हबको रुपमा विकास भएको उल्लेख गर्दै हरेक वर्ष प्रतियोगिता हुंदा खेलाडी उत्साहित भएको बताउनु भयो ।