तिलाेत्तमा माविकाे व्यवस्थापन समिति अध्यक्षमा पुन: ज्ञवाली

1.3K

तिलाेत्तमा माविकाे व्यवस्थापन समिति अध्यक्षमा पुन: ज्ञवाली

बुटवलकै मुटुमा रहेकाे तिलाेत्तमा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति चयन गिरएकाे छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेकाे यस विद्यालयकाे व्यवस्थापन समितिकाे अध्यक्षमा पुन: ताराप्रसाद ज्ञवालीलाई चयन गरिएकाे हाे ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिकाे सदस्यहरुमा गणेशसिंह भण्डारी, तिलादेवी पाण्डे, लक्ष्मी परियार, जोतबहादुर रोका मगर र रेनु अग्रहरीलाई चयन गरिएकाे विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद रेग्मीले जानकारी दिनुभयाे । उहाँका अनुसार वडा अध्यक्ष लोकनाथ न्यौपाने पदेन सदस्यमा रहनु भएकाे छ ।
विद्यालय व्यवस्थापन समिति चयनसंगै वडा अध्यक्ष न्याैपानेले बुटवलकै मुटुमा रहेकाे विद्यालयकाे शैक्षिक गुणस्तर अभिबृद्धिकाे लागि विद्यालय व्यवस्थापन समितिले रचनात्मक काम गर्न सुझाव दिनुभयाे ।
त्यस अवसरमा प्रधानाध्यापक रेग्मीले शुभकामना सहित व्यवस्थापन समिति र शिक्षक कर्मचारीकाे रचनात्मक सहकार्यले विद्यालयकाे शैक्षिक गुणस्तर अझै बढ्ने विश्वास व्यक्त गर्नुभयाे ।