सहकारीकाे बचत अपचलन अभियाेगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबिलामिछानेलाई अदालतले धराैटीमा छाड्न आदेश गरेकाे छ ।
तुलसीपुर उच्च अदालत, बुटवल इजलासले रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हाे ।
अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले २ करोड ६८ लाख रुपैयाँ जमानत वापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिइएको छ ।