आगोले जलेर गम्भीर कमलाको उपचारमा मदानेका अध्यक्ष कुवरद्वारा आर्थिक सहयोग

1.3K

आगोले जलेर गम्भीर कमलाको उपचारमा मदानेका अध्यक्ष कुवरद्वारा आर्थिक सहयोग

गुल्मी जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरी निवासी ४५ वर्षीया कमला दमाई आगलागीबाट गम्भीर घाइते हुनु भएको छ । गोठमा राति सुतिरहेको अवस्थामा अचानक आगलागी हुँदा उहाँको शरीरको अधिकांश भाग जलेको छ । छिमेकीहरूको ठूलो प्रयासपछि कमलाको ज्यान जोगिएपनि अवस्था गम्भिर छ ।
आगोले जलेर गम्भिर भएकी कमलाको पाल्पाको तानसेन स्थित मिसन अस्पतालमा उपचार भईरहेको छ । आर्थिक रुपमा विपन्न यो परिवार आगलागीले घर–गोठसहितको अवस्था अत्यन्तै दयनीय बनेको छ भने परिवार आर्थिक संकटमा परेको छ ।
यसैबीच, पीडितको उपचारमा राहत पुगोस भन्ने उद्देश्यले मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवरले आर्थिक सहयोग गर्नुभएको छ । अध्यक्ष कुवरले अस्पतालमै पुगेर पालिकाबाट पाउने सुविधाअन्तर्गतको रकमबाट १० हजार रुपैंया आर्थिक सहयोग गर्नुभएको हो ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका अध्यक्ष कुवँरले पार्टी समितिको निर्णयमा अस्पतालमै पुगेर १० हजार रुपैंयाको चेक विराम कमलालाई हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखि नै अध्यक्ष कुवरले आफूले पाउने सुविधा वापतको रकम सिधै पार्टी खातामा जाने र त्यसरी प्राप्त भएको रकम पार्टी समितिको निर्णयमा पालिका भित्रका गरिव विपन्नहरुको स्वास्थ्योपचार तथा शैक्षिक कृयाकलापमा खर्च गर्ने गरिएको उहाँले बताउनु भयो । उहाँले यस किसिमका विपद् र पीडाका बेला स्थानीय सरकार र राजनीतिक दलले मानवीय संवेदनाका साथ सहयोग गर्नुपर्ने बताउँदै सोही अनुसार सहयोग गरिएको र अरुले पनि सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । उहाँको सहयोग प्रति पिडित परिवारले आभार व्यक्त गरेका छन् ।