कञ्चनमा युवाकाे शव फेला : हत्याकाे आशंका

1.3K

कञ्चनमा युवाकाे शव फेला : हत्याकाे आशंका

रुपन्देहीको कञ्चन गाउँपालिका–३ धौलागिरी चोक नजिक नालीमा किशोरको शव फेला परेको छ । मृतक कञ्चन–३ निवासी ईशान शर्मा पौडेल भएको पहिचान गरिएको छ । तेक्वान्दो खेलाडीसमेत रहेका ईशान बुधबार साँझ करिब ८ बजेदेखि सम्पर्कविहीन थिए ।
घर नजिकैको नालीमा शव भेटिएपछि प्रारम्भिक अनुसन्धानबाट हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरीका सूचना अधिकारी सुरज कार्कीका अनुसार घटनास्थल आसपास निगरानी बढाएर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । घटनासँग सम्बन्धित तीन जनालाई नियन्त्रणमा लिइएको छ । स्थानीयवासीले दोषीलाई छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।