बुटवलकाे ज्योती पथमा अवस्थित बुटी फर्मा गृह प्रा.लि.ले लगानी बढाउने भएकाे छ । ३३ जना फर्मासिष्टहरूको सहभागितामा स्थापना गरिएको यस संस्थामा झण्डै २ करोड रुपैयाँ लगानी छ ।
‘जहाँ औषधि, त्यहाँ फामासिष्ट’ भन्ने सरकाकाे नीतिलाई अवलम्वन गरेकाे बुटीले फर्मासिष्टहरूलाई मात्र समावेश गर्ने गरि शेयर सदस्य संख्या १ सय बढी पुर्याउने निर्णय गरेकाे हाे ।
शनिबार बुटवलमा सम्पन्न पहिलाे साधारण सभाले फर्मासिष्ट नै हुनुपर्ने गरि शेयर सदस्य थप गर्ने निर्णय गरिएकाे संस्थाका अध्यक्ष धर्मराज भट्टराईले जानकारी गराउनु भयाे ।
बुटी फर्मा गृह औषधिको होलसेल कारोबार गर्दै आएको संस्था हो । साधारण सभाले संस्थाको लगानी बढाउने, व्यापार विस्तार गर्ने तथा शेयर सदस्य संख्या हालको ३३ जनाबाट बढाउने लगायतका निर्णयहरू गरेको छ ।
संस्थाका अध्यक्ष भट्टराईले एक वर्षअघि सञ्चालनमा आएको संस्थाले पहिलो वर्षमै ४ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जानकारी गराउनुभयो । उहाँले आगामी दिनमा संस्थालाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका कार्यकारी निर्देशक गोविन्दप्रसाद तिवारीले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति संयोजक गणेश सेढाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।
साधारण सभाका अवसरमा रिटेल क्षेत्रमा उत्कृष्ट बिक्री गर्ने १२ जना औषधि व्यवसायीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय सचिव ध्रुवकुमार शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष खेमराज तिवारी, महासचिव उदयबहादुर खत्री, रुपन्देही अध्यक्ष चोकलाल सापकोटा तथा पत्रकार कविन्द्र नेपालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।