सिल्भर एजुकेशनको शाखा बुटवलमा : दक्षिण कोरिया जाने विद्यार्थीलाई प्राथमिकता

1.3K

सिल्भर एजुकेशनको शाखा बुटवलमा : दक्षिण कोरिया जाने विद्यार्थीलाई प्राथमिकता

दक्षिण कोरियालाई शैक्षिक गन्तव्य बनाउन चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श गर्दै आएको सिल्भर एजुकेशनले बुटवलमा शाखा विस्तार गरेको छ । १४ वर्षदेखि काठमाण्डौमा सेवा दिँदै आएको सिल्भरले १२ औं शाखाको रुपमा बुटवलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बुटवल शाखाको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बुटवलको शुक्रपथमा सञ्चालनमा ल्याईएको शाखाको सिल्भरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष खनालले रिवन काटेर उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले पश्चिम नेपालका विद्यार्थीलाई मध्येनजर गरेर उनीहरुको सुविधाको लागि बुटवलमा शाखा सञ्चालनमा ल्याईएको बताउनु भयो । सिल्भरले अन्य मुलुक सहित दक्षिण कोरियालाई विशेष प्राथमिकताका साथ काम गर्दै आएको पनि उहाँले जानकारी गराउनु भयो ।

सिल्भर एजुकेशनको बुटवल शाखा बुटवलमा सञ्चालित फिलिण्डर्स एजुकेशनले सञ्चालन गर्नेछ । फिलिण्डर्सका सञ्चालक तथा सिल्भर एजुकेशन बुटवलका डाईरेक्टर योगेश ढकालले सिल्भरले विगत १४ वर्षदेखि दक्षिण कोरियाको लागि काम गर्दै आएको र फिलिण्डर्सले पनि विगतदेखि नै विभिन्न देशका लागि काम गर्दै आएको बताउँदै नयाँ बनेको सिक्वेन्सले शैक्षिक परामर्श सेवा अझै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनीका अध्यक्ष गणेश गौडेल, उपाध्यक्ष सुशिल पाण्डे, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, फिलिण्डर्स एजुकेशनका सञ्चालम सुशील ढकाल, सिल्भरका कोर्डिनेटर पुस्कर वेलवासे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।