लुम्बिनीमा विकास बैंकहरूको साझा मञ्च गठन

1.3K

लुम्बिनीमा विकास बैंकहरूको साझा मञ्च गठन

लुम्बिनी प्रदेशमा कार्यरत विकास बैंकहरूबीच सहकार्य र समन्वयलाई संस्थागत गर्दै डेभलपमेन्ट बैंक एसोसिएसन लुम्बिनी प्रदेश गठन गरिएको छ । बैंकिङ क्षेत्रका साझा समस्या पहिचान, समाधान तथा प्रदेशस्तरको आर्थिक विकासमा सक्रिय भूमिका खेल्ने उद्देश्यका साथ संघ स्थापना गरिएको हो ।
विकास बैंकका प्रदेश तथा क्षेत्रीय प्रबन्धकहरूको बुटवलमा बसेकाे बैठकले दुई वर्षे कार्यकालका लागि गरिमा विकास बैंक लिमिटेडका लेखनाथ भट्टराईलाई संयोजक तथा महालक्ष्मी विकास बैंक लिमिटेडका गौतम गुप्तालाई सह-संयोजक चयन गरिएको छ ।
त्यसैगरी संघको सदस्यमा ज्योति विकास बैंकका कपिल न्यौपाने, शाइन रेसुङ्गा विकास बैंकका विष्णुबहादुर थापा, कामना सेवा विकास बैंकका हेमन्त बाबु आचार्य, शाङ्ग्रिला डेभलपमेन्ट बैंकका आलोक पण्डित तथा लुम्बिनी विकास बैंकका आलोकप्रसाद सेरचन चयन गरिएकाे छ ।
बैठकमा लुम्बिनी प्रदेशमा कार्यरत विभिन्न विकास बैंकका वरिष्ठ अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नवगठित डेभलपमेन्ट बैंक एसोसिएसन लुम्बिनी प्रदेशले विकास बैंकहरूबीच सहकार्य सुदृढ गर्दै वित्तीय पहुँच विस्तार, नीतिगत सुझाव आदान-प्रदान तथा बैंकिङ क्षेत्रका साझा सरोकारका विषयमा सामूहिक आवाज उठाउने अपेक्षा गरिएको छ । संघले प्रदेशको समग्र आर्थिक गतिविधि प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ ।