बुटवलमा सञ्चालित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान र देउराली जनता प्राविधिक शिक्षालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएकाे छ भने पास आउट विद्यार्थीलाई विदाई गरिएकाे छ । आईतबार बुटवलमा आयाेजित कार्यक्रममा फार्मेसी, ल्याव, स्टाफनर्स तथा पशु विज्ञान अध्ययनका लागि आएका विद्यार्थीलाई स्वागत गरिएकाे हाे ।
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा देउराली जनता प्राविधिक शिक्षालयका अध्यक्ष प्रकाश रानाले दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि अस्पताल सहितकाे शैक्षिक संस्था सञ्चालन गरिएकाे जानकारी गराउनु भयाे । यसै अन्तरगत रहेर बुटवलकाे वेलवासमा एड्मण्ड सिटि अस्पताल सञ्चालन गरिएकाे छ ।
कार्यक्रममा बाेल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले उत्पादन भएका दक्ष प्राविधिक जनशक्तिलाई स्वदेशमै टिकाउने र देश निर्माणमा लगाउने वातावरण निर्माणकाे लागि याेजना बनाउन आवश्यक रहेकाे भनाई राख्नुभयाे ।
त्यस अवसरमा बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य बालकृष्ण पाैडेल, एडमण्ड सिटि अस्पतालका प्रमुख कार्यकारी अधिकृत रमेश सिटाैला, पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रिन्सिपल उपेन्द्र अर्याल लगायतले भनाई राख्नु भएकाे थियाे ।
त्यस अवसरमा विद्यार्थीहरुले साँस्कतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।