बुटवलमा बिग मास्टर ‘वाईन’को डिलर मिट

1.3K

बुटवलमा बिग मास्टर ‘वाईन’को डिलर मिट

स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं वेभरेज प्रालिको बिग मास्टर ब्रान्डकाे ‘वाईन’ले रिटेल तथा होलसेल व्यवसायीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कम्पनीका क्षेत्रीय डिष्टिब्युटर भगवती ट्रेनिङ हाउसको आयोजनामा आइतबार बुटवलमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बुटवल उद्योग संघ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले छोटो समयमै स्वदेशमै उत्पादन सुरु गरेर विदेशी वाइनको बजारसँग प्रतिस्पर्धा गर्न सफल हुनु प्रशंसनीय भएको बताउनु भयाे । नेपाली उपभोक्ताको स्वादअनुसार गुणस्तरीय उत्पादनमार्फत बिग मास्टरले स्वदेशी बजारमा राम्रो स्थान बनाएको उहाँले बताउनु भयाे ।
रुपन्देही होटल तथा रेष्टुरेन्ट संघका अध्यक्ष माधवकुमार खनालले बजारमा बिग मास्टरको राम्रो पहिचान स्थापित भइसकेको बताउँदै होटल तथा रेष्टुरेन्ट क्षेत्रबाट निरन्तर साथ रहने भनाई राख्नुभयाे ।
कम्पनीका म्यानेजिङ डाइरेक्टर जिसुन चापागाईंले विगत १४ वर्षदेखि अन्तर्राष्ट्रिय गुणस्तरको वाइन नेपालमै उत्पादन हुँदै आएको जानकारी दिनुभयाे । हाल नेपालभित्र मात्र नभई विदेशमा समेत बिग मास्टरको बिक्री भइरहेको उहाँले जानकारी गराउनु भयाे । आन्तरिक बजारमा नम्बर एक वाइनको रूपमा स्थापित गराउन चुनौतीपूर्ण भए पनि त्यसलाई पार गर्न सफल भएको उहाँको भनाइ थियो । अफ्रिकामा गरिएको अध्ययन तथा अनुसन्धानपछि सिराज र सेरिन्ज जातका वाइन नेपाली बजारमा भित्र्याइएको उहाँले जानकारी दिनुभयाे । यद्यपि स्वदेशी वाइन उत्पादनमा अझै पनि नीतिगत अवरोधहरू रहेको भन्दै उहाँकाे गुनासो छ । कम्पनीले हाल ७५० एमएलको बोतलमा उपलब्ध वाइनसँगै ३३० एमएलको उत्पादन पनि सुरु छ ।

क्षेत्रीय डिष्टिब्युटर भगवती ट्रेनिङ हाउसका सञ्चालक मुक्तिप्रसाद श्रेष्ठले हाल नेपाली बजारमा माग हुने करिब ८० प्रतिशत वाइनको आपूर्ति बिग मास्टरले धानेको दाबी गर्नुभयाे । उहाँले ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको वाइनलाई समयअनुसार नयाँ–नयाँ परिकारसँग प्रस्तुत गर्दै बजार विस्तार भइरहेको बताउनु भयाे । बजारका व्यवसायीबाट आएका गुनासा र सुझाव सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयाे ।
कार्यक्रमका अवसरमा गरिएको गोलाप्रथामा भैरहवास्थित न्यु लुम्बिनी कोल्ड स्टोर प्रथम र तृतीय स्थान हासिल गर्दै २१० लिटर क्षमताको फ्रिज तथा कुलर प्राप्त गर्न सफल भएको छ। बुटवलस्थित बीपी सप्लायर्सका विष्णु प्रसाद पाण्डे दोस्रो हुँदै माइक्रो ओभनबाट पुरस्कृत भएका छन् । कम्पनीका नेशनल म्यानेजर हरि बास्तोलाका अनुसार कार्यक्रममा रुपन्देही, पाल्पा, नवलपरासीलगायत क्षेत्रका करिब २ सय भन्दा बढी रिटेल तथा होलसेल व्यवसायीको सहभागिता रहेको थियो ।