दीप बोर्डिङ्को ४५ औँ वार्षिकोत्सव : ‘दीप गायन तारा’ सहितका कार्यक्रम गरिँदै

1.3K

दीप बोर्डिङ्को ४५ औँ वार्षिकोत्सव : ‘दीप गायन तारा’ सहितका कार्यक्रम गरिँदै

बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलले आफ्नो ४५औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने जनाएको छ । बिहीबार विद्यालयमा पत्रकार सम्मेलन गरि त्यसका बारेमा जानकारी गराइएकाे हाे ।
वि.सं. २०३७ फागुन ५ गते स्थापना भएको विद्यालयले स्थापनाकालदेखि नै शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ ।
वार्षिकोत्सवका कार्यक्रमअन्तर्गत आजदेखि खेलकुद सप्ताह, चैत १५ देखि २१ गतेसम्म विद्यार्थीकै प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले कक्षागत बालप्रतिभा प्रदर्शन कार्यक्रम सञ्चालन गरिने छ ।
यसैबीच विद्यालयले विगत १५ वर्षदेखि सञ्चालन गर्दै आएको अन्तर मावि जिल्लास्तरीय ‘दीप गायन तारा’ प्रतियोगिता पनि गर्दै छ । फागुन १ गतेदेखि प्रारम्भ हुने उक्त प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् । पहिलो चरणमा प्रतियोगीहरूले ट्र्याकसहित दुई वटा गीत प्रस्तुत गर्नुपर्नेछ । त्यसबाट छनोट भएका १५ जना प्रतियोगी दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा राष्ट्रिय र स्वदेशी गीत प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ । अन्तिम चरणमा उत्कृष्ट ५ जनालाई पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ । उक्त प्रतियाेगितामा प्रथम हुनेलाई ५० हजार, दाेस्राे हुनेलाई ३० हजार, तेस्राे हुनेलाई २० हजार र सान्त्वना २ जनालाई जनही ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ । याे प्रतियाेगितामा कम्तिमा ४५ विद्यालय सहभागी गराउइने विद्यालयका प्रचार्य टिकाराम न्याैपानेले जानकारी गराउनु भयाे ।
१५ वर्ष अगाडि सुरु गरिएकाे याे कार्यक्रम कोरोना महामारीका कारण २०७७ र २०७८ सालमा राेकिएकाे थियाे ।
पत्रकार सम्मेलनमा विद्यालय सञ्चालक समिति अध्यक्ष राजेन्द्र ध्वजूले शैक्षिक, सांगीतिक र सामाजिक गतिविधिमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहेको बतउनु भयाे ।