प्रगतिशील शैक्षिक मोडालिटीलाई लक्ष्य बनाउँदै वि.सं. २०७९ मा स्थापना गरिएको लुम्बिनी वर्ल्ड स्कुलको तेस्रो साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष योगेश घिमिरेको अध्यक्षतामा सम्पन्न सभाले विद्यालयको आगामी नेतृत्व र रणनीतिका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ ।
साधारण सभाले सर्वसम्मत रूपमा गोपाल टण्डनको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ । नवगठित सात सदस्यीय समितिमा फूलसिंह क्षेत्री, गोकर्ण पाण्डे, प्रेमनारायण बेल्बासे, सुम्निमा शर्मा पाठक तथा जनीजनारायण श्रेष्ठलाई चयन गरिएकाे छ । विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकाल सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।
यसैबीच, नवगठित सञ्चालक समितिको पहिलो बैठकले महेन्द्र नारायण श्रेष्ठलाई विद्यालयको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।
नवनिर्वाचित अध्यक्ष टण्डनले लुम्बिनी वर्ल्ड स्कुललाई प्रदेशकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र दक्ष जनशक्तिको समन्वयमार्फत संस्थालाई नयाँ उचाइमा पुर्याउने योजना रहेको जानकारी बताउनु भयाे । साथै उहाँले अभिभावक, शुभचिन्तक तथा सरोकारवालाहरूसँग निरन्तर सहयोग र समर्थनको अपेक्षा गर्नुभयाे ।