लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीलाई उत्प्रेरणा तालिम

1.3K

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीलाई उत्प्रेरणा तालिम

लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत २ सयभन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीलाई शनिबार उत्प्रेरणामूलक अभिमुखीकरण प्रदान गरिएको छ । अस्पतालको ११५औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत उक्त तालिम आयोजना गरिएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले स्वास्थ्य सेवा प्रभावकारी बनाउन संरचना र उपकरणसँगै जनशक्तिको प्रतिबद्धता र मेहनत आवश्यक हुने बताउनु भयाे । मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले सेवाभाव, अनुशासन र जिम्मेवारीलाई आत्मसात् गर्दै अस्पतालप्रति जनताको भरोसा कायम राख्न आग्रह गर्नुभयाे ।
कार्यक्रममा मानव सेवा आश्रमका मोटिभेशनल स्पिकर रामजी अधिकारीले मानसिक तनाव व्यवस्थापन, दैनिक जीवन सन्तुलन र सकारात्मक सोचका विषयमा सहजीकरण गर्नु भएकाे थियाे ।
अस्पतालका अनुसार वार्षिकोत्सवअन्तर्गत सम्मान, रक्तदान, फलफूल वितरण, सरसफाइ तथा सचेतना कार्यक्रमसहित मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । प्रदेशकै ठूलो यस अस्पतालमा करिब ९ सय कर्मचारी कार्यरत रहेका छन् भने वार्षिक साढे ३ लाखभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएकाे अस्पतालसंग तथ्याँक छ ।