बुटवल । प्रदेश ५ को सरकारद्वारा प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशको छैठौं अधिवेशनको दोस्रो बैठकमा आर्थिक वर्ष २०७७ /०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले ५ नम्बर प्रदेश भित्र रहेका जिल्ला अस्पतालमा पनि अब दन्त र फिजीयो थेरापी हुने र सवै जिल्लाका अस्पताललाई ५० बेड बनाईने नीति तथा कार्यक्रममा रहेको बताउनु भएको छ । त्यसैगरि प्रदेशको शान्ति सुरक्षालाई सवल वनाउन नयाँ प्रहरी इकाई स्थापना, प्रदेश प्रहरी अनुसन्धान ब्युरो संचालन गरिने भएको छ । जनतासंग प्रदेश सरकार कार्यक्रम , जिल्ला समन्वय समितिलाई समन्वयर अनुगमनमा प्रभावाकारी बनाईने भएको छ । लमहीमा टर्मा सेन्टर बनाईने भएको छ ।
बुटवल भैरहवा तथा तुल्सीपुर कोहलपुर विद्युतिय बस संचालन गरिने भएको छ । एक स्थानिय तह ए नमुना विद्यालय । तराईका ६ जिल्लामा मुस्लीम नमुना विद्यायल बनाईने छ । प्रदेशमा प्रशोधन उद्योको स्थापना , सार्वजनिक खर्चमा मितव्ययीता लगायतका कार्यक्रम रहेका छन । प्रदेश ५ का सबै काठका विजुलिका पोल हटाइने भएको छ ।
प्रदेशसभा बैठकमा सम्बोधन गर्दै यादवले विश्वर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेश ५ को स्थायी राजधानी र नामाकरण टुंगो लगाइने प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले बताउनु भयो । उहाँले शनिवार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दा उक्त कुरा बताउनु भएको हो
नीति तथा कार्यक्रममा अर्काे बर्ष चरंगे पाल्पा दोभान सडकमा सवारी गुडाइने जनाइएको छ । प्रदेशभरका सबै नागरिकलाइ बिजुली पुर्याउदै ३ बर्ष्िभत्र उज्यालो प्रदेश बनाइने जनाइएको छ । प्रदेश न. ५ सरकारले कोरोना महामारीले निम्त्याएको असरलाई पुर्नउत्थान गर्ने गरि कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको छ ।
प्रदेश प्रमुख यादवले प्रस्तुत गरेको निति तथा कार्यक्रमले कोरोनाको असर कम गर्नका लागि कृषिलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको छ । कोरोना संक्रमणको कहर अनुमान गर्न नसकिने भन्दै सहज स्थिती हुनासाथ प्रदेशको तिव्र आर्थिक विकास गर्ने गरि सरकारले कामहरु अघि बढाउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अत्यावश्यक वाहेक अन्य विकास निर्माणका नयाँ योजना भने यो वर्ष थपिएको छैन ।
नियमित आम्दानी हुने र नाफामूलूक क्षेत्रमा लगानी गरिने उल्लेख छ । स्वदेशी श्रम स्वदेशमै पसिना कृषिको उत्पादन बृद्धिको लक्ष्य निति तथा कार्यक्रमले लिएको छ । कृषि उपात्कत्व र किसानको आयमा बृद्धि गर्ने गरि स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिने उल्ल्ेख छ ।
गरौ व्यवसायिक कृषि, यसबाट शुरु हुन्छ प्रदेशको समृद्धि भन्ने नाराका साथ कृषि मार्फत रोजगारी सृजना गर्ने निति लिएको छ । रुकुमलाई अर्गा्िनक जिल्ला घोषणा गरिने कार्यक्रम सरकारले बनाएको छ ।
कृषि पेशालाई सम्मानजनक बनाउन किसान सम्मान गरिने छ । पूर्णकालिन किसानको पहिचान गरि परिचपय पत्र दिएर सहुलियत दिईने प्रदेश प्रमुख यादवले उल्लेख गर्नु भएको छ ।
पशु स्वास्थ्यको संरक्षण र सम्बर्धन, पशु नश्ल सुधारका कार्यक्रम सञ्चालन गर्ने छ । बृहत्तर पर्यटन प्रवद्र्धन गर्दै लुम्बिनी र यसँसग जोडिएका क्षेत्रहरुको विकास गरिने छ ।
कृषि वन कार्यक्रम सञ्चालन, निकुञ्ज र वन क्षेत्रमा थुप्रिएको खनिजको प्रयोग गर्ने, स्थानीय तह पहुच मार्गलाई बहु आयोजनाका रुपमा अगाडि बढाउने निति तथा कार्यक्रमले लिएको छ । सिद्धार्थ सडकखण्डको सिद्धबाबाको बैकल्पिक सडकका रुपमा हेरिएको चरङ्गे झुम्सा सडकमा अर्को वर्षसम्म गाडी सञ्चालन गरिने उल्लेख गरिएको छ ।
सडक पूर्वाधार, मर्मत सम्मार गर्ने , प्रदेशभित्र बैज्ञानिक व्यवस्थापन गरिने छ । महिला बालबालिका, एकल महिला, जेष्ठ नागरिक, लक्षित कार्यक्रम सञ्चालन गरिने प्रदेश प्रमुख यादवले उल्लेख गरेका छन । अपाङगाता ग्राम, आर्थिक तथा सामाजिक सशक्तिकरणको नीति लिइनेछ ।बालविवाहमुक्त, छुवाछुतमुक्त प्रदेश बनाउने कार्यक्रम सञ्चालन गरिने छ । विकासमैत्री सरकार, सञ्चारमैत्री सरकार बनाउँदै पत्रकार र सम्बन्ध सञ्चारमाध्यमको विकासमा लाग्ने नीति सरकारले लिएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश ५ प्रदेश सभामा प्रस्तुत गरेको नीति कार्यक्रमको पूर्णपाठ

प्रदेश सभाका माननीय सभामुख,
प्रदेश सभाका माननीय सदस्यहरु,
कोभिड –१९ नामको कोरोना भाइरसवाट सिर्जित विश्वव्यापी महामारीका कारण उत्पन्न असहज परिस्थिति र बन्दावन्दी बीच आज म आर्थिक वर्ष २०७७÷७८ को नीति कार्यकम यस गरिमामय सभा समक्ष सम्वोधन गरिरहंदा जनताको जीवन रक्षा र मुलुकको आर्थिक, सामाजिक जीवनको सुरक्षाको प्रश्नले अत्यन्त गंभीर भएको छु । जनता र राज्य मिलेर नै हरेक प्रकारका चुनौती र संकटवाट पार पाउन सकिन्छ भन्ने उद्देश्यका साथ हामीले तीन तहको शासन प्रणालीका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरेका हौं ।
यस चुनौतीपूर्ण घडीमा प्रदेश सभालाई सम्वोधन गरिरहँदा म संघीय शासन प्रणाली र समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापनाका लागि भएका आन्दोलन र संघर्षहरुमा बलिदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति उच्चसम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। राष्ट्रियता, राष्ट्रिय हित एवम् जनजीविका र न्यायपूर्ण संघर्षको नेतृत्व गर्नुहुने अग्रजहरुप्रति उच्च सम्मान गर्दै नेपाली समाजको रुपान्तरणमा सहयोग र्पुयाउनु हुने सबैको योगदानको स्मरण गर्न चाहन्छु । साथै, यस अवसरमा घाइते योद्धा र वेपत्ता नागरिकहरुलाई सम्मानका साथ संझन चाहन्छु ।
यसैबीचमा प्रदेशसभाले जेष्ठ सदस्यको हैसियतले प्रदेशसभाको प्रथम वैठकको अध्यक्षता गर्नुहुने प्रदेशसभामा प्रतिपक्षि दलका नेता माननीय वलदेव शर्मा पोखरेललाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।
ऐतिहासिक सन्धि, नक्सा तथा प्रमाणका आधारमा मित्रराष्ट्र भारतसँगको सीमा सम्वन्धमा विगत लामो समयदेखि बाँकि रहेको र समय समयमा उठिरहेको बिषय लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपालको भूमिलाई समावेश गरी नेपालको नक्सा जारी गरेकोमा सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
कोभिड–१९ का कारण विश्वभर संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनको क्षति भएको छ । नेपालमा संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दी बीचमा हाम्रो प्रदेशमा भारतवाट आएका नागरिकहरुमार्फत संक्रमण देखिन थालेको छ। यस महामारीका कारण अहिलेसम्म ज्यान गुमाउनु हुने सबै व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै, महामारीबाट संक्रमित सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
कोभिड–१९ ले सार्वजनिक सेवा प्रवाह, विकास निर्माणका कार्य र नियमित रुपमा संचालन गर्नुपर्ने कार्यक्रम र आयोजनामा प्रत्यक्ष रुपमा नकारात्मक असर पुगेको छ । सेवामूलक, उत्पादनमूलक, औद्योगिक र व्यापारिक क्षेत्रहरु कोभिड(१९ को कारणले अवरुद्ध भएका छन । उत्पादन, आपूर्ति र वितरण प्रणालीमा गम्भीर प्रभाव पर्नुका साथै यस प्रदेशको पहिचानका रुपमा रहेको पर्यटन क्षेत्रमा समेत गम्भीर रुपमा धक्का पुगेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी र उत्पन्न त्रास समेतका कारण आममानिस आफ्ना दैनिक कामहरु अघि बढाउन नसकेको अवस्थामा छन । यसवाट आगामी दिनमा थप चुनौती उत्पन्न हुने र त्यसको सामनाका लागि अहिले देखिनै तयार हुनुपर्ने भएको छ ।
यस महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले कोभिड(१९ नियन्त्रण तथा उपचार कोष स्थापना गरी पूर्ण सामर्थ्यकासाथ कार्यसम्पादन गर्दै आइरहेको व्यहोरा यस गरिमामय सभा समक्ष जानकारी गराउन चाहन्छु । उक्त कोषमा योगदान र्पुयाउनुहुने सबैमा धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको छु ।
महामारी रोकथाम र नियन्त्रणको लागि अपनाइएको बन्दाबन्दी, सामाजिक दुरी लगायतका कार्यको कार्यान्वयनमा अनुशासित र सक्रियतापूर्वक सहयोग गर्नु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खट्नुहुने चिकित्सक, स्वास्थकर्मी र सुरक्षाकर्मी तथा व्यवस्थापन कार्यमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यसका साथै, यस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न राजनीतिक दल, निजीक्षेत्र, सहकारी, सामुदायिक संघसंस्था, संचारक्षेत्र, राष्ट्रसेवक कर्मचारी लगायतसम्पूर्ण प्रदेशवासीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । हामीले जित्नै पर्ने यो रोग विरुद्धको लडाईमा सबैको थप ऐक्यवद्धता, सहकार्य, धैर्यता र आत्मविश्वासको आवश्यकता रहेको छ । “जीवन रहे जीवन सुधार्न र सिंगार्न सकिन्छ“ भन्ने मान्यतालाई आत्मसात गर्दै यस महामारीका विरुद्धको अभियानमा धैर्यतापूर्वक जुट्न सबैलाई आह्वान गर्दछु ।
सभामुख महोदय,
प्रदेश सरकार स्थापना पश्चातको करिब दुइ बर्ष चार महिनाको अवधिमा तीन वटा नीति तथा कार्यक्रमहरुको माध्यमबाट संविधानप्रदत्त अधिकार बमोजिमका कार्य जिम्मेवारीहरु व्यवस्थित र नतिजाउन्मुख रुपमा सम्पादन गरी प्रदेश सरकार खोजिने, देखिने र भेटिने सरकारको रुपमा स्थापित हुन सफल भएको छ ।“समृद्ध प्रदेश, खुसी जनता” को दीर्घकालिन सोच प्राप्त गर्न आर्थिक, सामाजिक र साँस्कृतिक विकासका उद्देश्यसहित नीति र कार्यक्रम व्यवस्थित रुपमा अघि बढाइएका बेला हामी महामारीका कारणले उत्पन्न परिस्थितिको सामाना गर्न वाध्य भएका छौ ।
जस्तो सुकै संकटका बीचमा मानव जीवनको रक्षा गर्दै आर्थिक र सामाजिक जीवनलाई सहज बनाउने काममा प्रदेश सरकार जुटिरहेको छ। प्रदेश सरकारले मुलुककै समुन्नत र समृद्ध नमूना प्रदेश बनाउने उद्देश्यका साथ कार्यसम्पादन गरिरहेको छ। प्रदेशको प्रथम आवधिक योजनाको लक्ष्यबमोजिम प्रदेशको विकास व्यवस्थापनलाई अगाडि बढाउन सरकारका नीति तथा कार्यक्रम आवधिक योजनाको दीर्घकालीन सोंच, लक्ष्य र उद्देश्य प्राप्तिमा केन्द्रित छन ।
सरकार संचालनको यस अवधिमा प्रदेश सरकारका महत्वपूर्ण संरचनागत आधारशिलाहरु निर्माण भएका छन् । प्रदेश भित्रका पूर्वाधारसम्बन्धी विशेष, आधुनिक र उच्च प्रतिफलयुक्त आयोजनाहरु छिटो छरितो कार्यान्वयन गरी प्रदेशको समग्र विकासमा उल्लेखनीय योगदान र्पुयाउन “प्रदेश पूर्वाधार विकास प्राधिकरण“ गठन भई कार्य गरिरहेको छ । साथै, प्रदेशमा सूचना प्रविधिको विकास गरी डिजिटल प्रदेशका रुपमा रुपान्तरण गर्न “सूचना तथा प्रविधि प्रतिष्ठान“ को गठन भई कार्यरत छ । प्रतिष्ठानका कार्यबाट सेवाप्राप्तिमा सहजता हुने साथै प्रदेश सरकारबाट प्रवाह हुने सेवा, सूचना तथा जानकारीहरुलाई सहजै र यथोचित समयमै आमजनतासम्म र्पुयाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि प्रदेश लोकसेवा आयोगको स्थापना गरीएको छ। कर्मचारी समायोजन पश्चात प्रदेश सरकारका लागि आवश्यक रिक्त दरवन्दीमा जनशक्ति पूर्तिका लागि आयोगले सक्रियतापूर्वक कार्यसंचालन गर्दै आइरहेको छ ।
प्रदेशको अधिकारक्षेत्र भित्रका प्रदेशको लागि आवश्यक कानूनहरु शीघ्रताका साथ निर्माण भइरहेका छन। साझा अधिकार सूचीका केहि कानूनहरु निर्माणको प्रक्रियामा रहेको र कानून निर्माणका लागि आवश्यक कतिपय मापदण्डहरु उपलब्ध हुन वाँकी छ ।स्थापनाको यस छोटो अवधिमा गरिमामय सभाबाट हालसम्म ४९ वटा विधेयक पारित गर्न सफल भएकोमा म यस गरिमामय सभालाई बधाई दिन चाहन्छु ।
समन्वय, सहकार्य र सह(अस्तित्वको संवैधानिक सिद्धान्तलाई आत्मसात गर्दै संघ र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्यका साथ प्रदेश सरकार अघि बढिरहेको छ । प्रदेश र स्थानीय तहहरु बीच समन्वय गर्न प्रदेश समन्वय परिषद्को स्थापना भै परिषद्को तीन वटा बैठक सम्पन्न भईसकेको छ। प्रदेश समन्वय परिषद्को बैठकबाट गरिएका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लगिएको छ । संविधानतस् व्यवस्था भएको अन्तर प्रदेश परिषद् र अन्तरसरकारी वित्त परिषद्को बैठक बसी निर्णयहरु कार्यान्वयन भईरहेका छन ।
कोभिड(१९को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले विशेष कार्यक्रमहरु संचालन गरिरहेको छ । वुटवल, भैरहवा, दाङ र नेपालगञ्ज गरी प्रदेश भित्रै चार वटा कोरोना विशेष अस्पताल निर्माण गरी संचालनमा ल्याइएको छ। वुटवल, दाङ र नेपालगञ्जमा कोभिड(१९को परीक्षणका लागि स्वास्थ्य प्रयोगशालाहरु स्थापना गरिएको छ। जिल्लातह र स्थानीय तहसंगको समन्वयमा पालिकाहरुमा गरी झण्डै ३० हजार बेड क्षमताका क्वारेन्टाइनहरु निर्माण गरी संचालनमा ल्याइएको छ । कोभिड–१९ का संक्रमितहरुको संख्या बढिरहेको अवस्थालाई दृष्टिगत गरी पहाडी जिल्लामा न्युनतम् ५० बेड र तराईका जिल्लामा २०० बेडको आइसोलेसन केन्द्र निर्माणको प्रक्रिया अघि वढेको छ । स्वास्थ्य उपकरण तथा औषधीको आपूर्तिको व्यवस्था मिलाइएको छ ।
नेपाल र मित्रराष्ट्र भारतका बीचमा बन्दाबन्दीको समयमा सीमा क्षेत्रमा आएका नागरीकलाई आ(आफ्नो देशको सीमाभित्र क्वारेन्टाइनमा राखेर परिक्षण गरी सुरक्षित रुपमा हस्तान्तरण गर्ने सहमती भारतीय पक्षवाट पालना गर्न नसकेका कारणवाट हाम्रो प्रदेशमा सुरक्षित व्यवस्थापनको जटिलता उत्पन्न भएको छ । भारतवाट असुरक्षित तरीकाले प्रवेश गरेकावाट संक्रमण फैलनसक्ने जोखिम उच्च छ । यस्तो नहोस् भनेर सीमा सुरक्षा गस्ती वढाउने, सीमावाट व्यवस्थित रुपमा ल्याएर क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । आगामी दिनमा विदेशवाट आउने नागरिकको संख्या वृद्धि भएसंगै कोभिड–१९संक्रमितहरुको संख्या पनि वृद्धि हुने अवस्था छ । त्यसको तयारीका लागि क्वारेन्टाइन, आइसोलेसन केन्द्र र कोभिड विशेष अस्पतालको क्षमता वढाउने गरी काम अघि वढाइएको छ ।
कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितीवाट भविष्यमा खाद्य संकट आउन नदिन कोभिड विशेष कृषि कार्यक्रम सुरु गरिएको छ । साउन मसान्तसम्म कार्यान्वयन गर्नेगरी तरकारी, बिउविजन, दुध तथा मासुको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि वढाइएको छ । विदेशवाट फर्किएका युवाहरुलाई लक्षित गरी जमिन वांझो नरहने गरी उत्पादन वृद्धिमा जोड दिइएको छ ।
प्रदेश सरकार स्थापनापश्चात हालसम्म संचालन तथा सम्पादन गरिएका कार्यहरुबाट प्रदेशमा कानूनी आधार निर्माण, प्रशासनिक व्यवस्था र योजना प्रणाली लगायतका क्षेत्रहरुमा कार्यपद्धति निर्माण भैसकेकाले आगामी आर्थिक वर्षमा जनअपेक्षाअनुरुप सेवा प्रवाह र विकास निर्माणका कार्यहरुलाई तिव्रता दिंदै “समृद्ध प्रदेश, खुसी जनता“ को सोच र लक्ष्य हासिल गर्न सहयोग पुग्ने छ ।
प्रदेश सरकारबाट विगत दुई बर्षमा सम्पादन गरेका मुख्य कार्यहरुको विषयमा आमजनतालाई स्थलगत रुपमा सुसूचित गर्ने उद्देश्यका साथ सरोकारवालाको सक्रिय सहभागीतामा प्रदेश एक्स्पो सम्पन्न गरिएको छ । उक्त एक्स्पोबाट निजी क्षेत्र, स्थानीय तह र प्रदेश सरकार बीचको सहकार्य र सामिप्यता बढाउन थप सहयोग पुग्नुका साथै सम्पादित कामको जानकारी एकै स्थानबाट प्रवाह भएको छ ।
प्रदेश भित्र राष्ट्रिय र अन्तराष्ट्रिय लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन गर्ने उद्देश्यका साथ लगानी पूर्व तयारी सम्मेलन सम्पन्न भएको छ । चालू आर्थिक बर्षमा नै सम्पन्न गर्ने तयारी गरिएकोमा कोभिड–१९ का कारण हाललाई स्थगित भएपनि अवस्था सामान्य हुनासाथै छोटो समयमा लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको छ ।
प्रदेश सरकार स्थापना पश्चातका दुई बर्ष प्रदेश सरकार प्रशासनिक संरचना, कर्मचारी व्यवस्थापन, कानून निर्माण, प्रदेशको आवधिक योजना निर्माण जस्ता विषयहरुमा केन्द्रित रह्यो । कृषि, उद्योग, पर्यटन, भौतिक पूर्वाधारजस्ता विषयगत क्षेत्रहरुलाई प्राथमिकता दिई कार्य सम्पादन गर्दै गत आर्थिक वर्ष प्रदेशको आर्थिक वृद्धि, पुँजि निर्माण, सार्वजनिक खर्च क्षमता लगायतका सूचकहरु तुलनात्मक रुपमा उल्लेख्य रहेको भएपनि चालु आर्थिक बर्षमा विश्वव्यापी रुपमै देखिएको कोभिड(१९ महामारीका कारण सेवा प्रवाह र विकास निर्माणका कार्यहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन ।
विगत वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म खर्च व्यवस्थापनमा उल्लेख्य सुधार भएको छ । बन्दाबन्दीका कारणले तेस्रो चौमासिकमा भने सोचेअनुरुप खर्च गर्न सकिएन । कोभिड(१९ को रोकथाम र नियन्त्रणका लागि खर्चको व्यवस्थापन र कोरोना विशेष कृषि कार्यक्रमका माध्यमवाट खर्च व्यवस्थापनका काम नयाँ स्वरुपमा अघि वढाइएको छ ।यस महामारीबाट सिर्जना हुने असर र प्रभाव समेतलाई आकंलन र विश्लेषण गर्दै आगामी बर्षमा महामारीबाट पुगेको क्षतिको पुनर्भरण हुने गरी सामाजिक क्षेत्रको विकास र आर्थिक पुनरुत्थान सरकारका प्राथमिकताका क्षेत्रहरु हुनेछन ।
सभामुख महोदय,
अव म आर्थिक बर्ष २०७७।७८ को नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्दछु । साउन महिना सम्ममा कोभिड(१९ संक्रमणलाई स्थिर बनाउने र क्रमश रोकथाम तथा नियन्त्रणमा सफलता हासिल गर्ने लक्ष्यकासाथ क्वारेन्टाइन, परीक्षण र आइसोलेसन तथा उपचारको समुचित प्रवन्ध मिलाइनेछ । यस सन्दर्भमा अहिले सम्मका सफल उपचार विधिको उपयोगमा प्रोत्साहन गरिने छ । हाम्रा नागरिकको रोग प्रतिरोधी क्षमता विकासमा जोड दिइनेछ ।
कोभिड(१९ को महामारीको असर न्यून भएसंगै प्रदेशको राजधानी र नामाकरण तोक्ने काम प्रदेशसभावाट सम्पन्न गरिनेछ । राजधानी तोकिएको स्थानमा राजधानीका लागि आवश्यक जग्गाप्राप्ति, गुरुयोजनाको निर्माण र अत्यावश्यक संरचनाहरुको निर्माणको काम समेत सुरु गरिनेछ । प्रदेशको मौलिकता झल्कने गरी प्रदेशसभा भवन निर्माण गरिनेछ ।
यस अवधिमा संघियताको आधारको रुपमा प्रदेशको संगठन संरचना निर्माण र सुदृढ गर्ने काम भएका छन्। आगामी दिनमा यसलाई अझै तिव्रता दिइनेछ । संविधानको एकलसूचीमा रहेर पनि अभ्यासमा आउन नसकेका र साझा अधिकारको सूची अन्तरगतका केन्द्रीय कानुन नवनेका कारणले कार्यान्वयनमा नगएका सबै विषयहरुलाई कार्यान्वयनमा लगिनेछ । कोभिड(१९ को महामारीले प्रदेश र स्थानीय तह सबल र सुदृढ हुनुपर्ने शिक्षा दिएको सन्दर्भलाई ध्यानमा राखेर संघियता कार्यान्वयनमा वाँकी सबै काम आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।
संघियता कार्यान्वयनका सन्दर्भमा अहिलेसम्म भएका उपलव्धी र कमजोरीको समीक्षा गरी संघियतालाई प्रभावकारी शासन प्रणालीको रुपमा विकास गर्न प्रदेश सरकारको भूमिकालाई थप प्रभावकारी बनाइनेछ । केन्द्र, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयको बलियो आधार तयार गरिनेछ । संघीय सरकारसंगको संयोजनमा संघियता कार्यान्वनमा देखिएका समस्या समाधान गरिनेछ ।
समायोजन कार्य सम्पन्न भएसंगै प्रदेशको विकास व्यवस्थापन र शासकीय प्रवन्धमा प्रभावकारीता ल्याउने गरी आवश्यक संरचनागत पुनर्गठन र सुधारको काम अघि वढाइनेछ । त्यसका लागि विज्ञहरु सम्मिलित एक कार्यदल गठन गरिनेछ ।
सभामुख महोदय,
कोभिड–१९ को महामारीका कारण प्रदेशको अर्थतन्त्र र विकास निर्माणमा पर्ने नकारात्मक असरलाई कम गर्नेतर्फ प्रदेश सरकारको आर्थिक नीति लक्षित हुनेछ । यस महामारीले क्षति र्पुयाएको अर्थतन्त्रको पुनर्उत्थान गर्नका लागि बिशेष कार्यक्रम संचालनमा ल्याइनेछ । विश्व श्रमबजारबाट विस्थापित एवम् आन्तरिक रुपमा रोजगार गुमाएका व्यक्तिहरुलाई पुनस्स्थापित गर्न उद्योग, कृषि तथा निर्माण क्षेत्रमा रोजगार अभिवृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ ।
आयोजनाहरुको दोहोरोपनाको अन्त्यका लागि संघीय र स्थानीय सरकारसंग समन्वय र सहकार्यको नीति अवलम्वन गरिनेछ । अत्यावश्यक बाहेकका नयाँ आयोजना नथप्ने र कार्यान्वयनमा रहेका तथा अधुरा आयोजनाहरुलाई सम्पन्न गर्ने गरी बजेट परिचालन गरिनेछ । आयोजना बैंक तयार गरी सञ्चालनमा ल्याइनेछ । कोभिड–१९ को महामारीका कारणले सिर्जित परिस्थितीमा सुधार आएसंगै आर्थिक क्रियाकलापमा तिव्रता आउने गरी तयारीको काम अघि वढाइनेछ ।
सार्वजनिक खर्चमा मितव्ययिता अपनाई आयोजना छनौट र बजेट विनियोजनलाई यथार्थपरक बनाइनेछ । स्थानीय तहहरुलाई उपलब्ध गराइने अनुदानलाई कोभिड(१९ बाट परेको असर न्यूनिकरण गर्ने गरी परिचालन गरिनेछ ।
बजेट बिनियोजन गर्दा कोभिड(१९ नियन्त्रण, कृषि, रोजगारी बृद्धि, गरिबी निवारण, आयआर्जन र सार्बजनिक निर्माणमा बिशेष जोड दिईनेछ । अनुत्पादक खर्च कटौती गर्न अत्यावश्यक बाहेकका नयाँ कार्यालय, निकाय, प्रतिष्ठान, केन्द्र वा संस्था खोल्न बजेट बिनियोजन गरिने छैन् ।
बैदेशिक रोजगारीका अवसरको कटौतिका कारण स्वदेश फर्कने नेपालीहरुको संख्या बढन सक्ने र विप्रेषण आय घट्न सक्ने सम्भावनालाई ध्यानमा राखी सो को कारण सिर्जना हुन सक्ने नकारात्मक असर घटाउन प्रदेश भित्र उत्पादन बृद्धिका नयाँ अवसरहरु सिर्जना गरिनेछ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न स्वदेशी श्रम, सीप र प्रबिधिको अधिकतम उपयोग गरिनेछ। साना तथा घरेलु उद्यमको प्रबर्धन गर्न लगानी परिचालन गरिनेछ । कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व र रोजगारी बृद्धि गर्ने गरी स्रोतको परिचालन गरिनेछ।
सार्वजनिक वित्तिय व्यवस्थापनलाई प्रभावकारी बनाउन आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाइनेछ । सार्वजनिक वित्तीय उत्तरदायित्व सम्बन्धी कानून निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
प्रदेश सरकारको राजस्वको प्रभावकारी परिचालनका लागि राजस्वको दायरा बढाउने नीति अवलम्बन गरिनेछ । राजस्वको नयाँ क्षेत्र पहिचान गर्ने तथा भैरहेको स्रोतबाट गुणात्मक राजस्व परिचालन हुने प्रबन्ध गरिनेछ । नियमित आम्दानी हुने तथा नाफामूलक क्षेत्रमा लगानी गर्ने नीति अवलम्वन गरिनेछ ।
दैनिक उपभोगका वस्तुहरुको न्यून उत्पादनका कारण बजारमा सामग्री अभाव हुने र विश्व श्रमबजारमा बेरोजगारीको दरमा वृद्धि हुने संभावनालाइ मध्यनजर गर्दै उत्पादकहरुलाई प्रोत्साहन गर्ने, वेरोजगारी दर न्यून गर्ने र स्वरोजगारी वृद्धिका लागि सहयोग र सहकार्य गर्न योजनावद्ध रुपमा कार्यक्रमहरु संचालन गरिनेछ ।
श्रमबजारमा नेपाली श्रमशक्तिवाट आपुर्ती हुन नसकेका क्षेत्रहरु पहिचान गरी आन्तरिक श्रम बजारलाई सुदृढ गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गरिनेछ ।
सभामुख महोदय,
“स्वदेशी श्रम, स्वदेशमै पसिना” को नीति अनुरुप कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रम अघि वढाइनेछ । कृषि प्राविधिक सेवा तथा उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गरिनेछ । हालको अनुदान दिने प्रक्रियालाई थप विश्वसनीय, प्रभावकारी र पहुंचमा बृद्धि हुनेगरी परिष्कृत गरिनेछ । व्याज अनुदानको नीति अवलम्वन गरी कृषिमा सुलभ कर्जा उपलव्ध गराइनेछ ।
कृषि प्रसार, अनुसन्धान र शिक्षालाई समन्वयात्मक रुपमा जोड्दै कृषि उत्पादकत्व तथा कृषकको आय आर्जनमा बृद्धि गर्ने उद्देश्यका साथ आर्थिक वर्ष २०७५र७६ देखि संचालनमा आएको “स्मार्ट कृषि गाउँ कार्यक्रम“ लाई सबै स्थानीय तहहरुमा विस्तार गरिनेछ।
“गरौं ब्यवसायिक कृषि, यसैबाट सुरु हुन्छ प्रदेशको समृद्धि” को मुल नारालाई आत्मसाथ गर्दै आर्थिक बर्ष २०७६र७७ बाट शुरु गरिएको कृषिमा यूवा विशेष कार्यक्रम, उद्यमशिलता विकास, कृषि प्राविधिकधारका विद्यालयलाई सहयोग, पकेट क्षेत्र विशेष प्रांगारिक कृषि प्रवर्द्धन कार्यक्रम, कृषि विषय अध्ययन गरेका यूवा विशेष कार्यक्रम, सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
रुकुम पूर्व जिल्लालाई अर्गा्िनक जिल्ला घोषणा गरी सघन कार्यक्रम संचालन गरिनेछ । असल कृषि तथा पशुपंक्षी अभ्यास तथा माटो स्वास्थ्य पत्रको प्रारम्भ गरिनेछ।
कृषकहरुलाई कृषि प्रविधि तथा विज्ञ सेवामा पहुंच र्पुयाउनका लागि प्रदेशस्थित कृषिसम्वन्धी कार्यालय र प्रयोगशालाहरुको स्तरोन्नती तथा सुदृढिकरण गरी प्राविधिकहरुको प्रत्यक्ष संलग्नतामा बाली बस्तु विशेष नमुना फर्महरु स्थापना तथा संचालन गरिनेछ । साथै, कृषिकर्मी तथा कृषि श्रमिकहरुलाई उद्यमी बनाउने नीति लिइनेछ।
पूर्वपश्चिम तथा उत्तर दक्षिण सडक कोरिडोर केन्द्रित ब्यवसायिक कृषि तथा पशुपंक्षी उत्पादन गर्न प्रोत्साहन गरिनेछ । मध्य पहाडको समग्र कृषि विकासका लागि “मध्य पहाडी बहुउद्देश्यिय कृषि विकास फर्म“ को स्थापना गरिनेछ ।
गुईठा बाल्ने प्रवृत्तिलाई निरुत्साहन गर्न गोठ सुधार तथा गोठेमल सदुपयोगका लागि स्थानीय तहसंगको सहकार्य र समन्वयमा कार्यक्रम संचालन गरिनेछ ।
कृषि पेशालाई सम्मानजनक पेशाका रुपमा विकास गर्न र कृषकहरुलाई सामाजिक सम्मान प्रदान गर्ने व्यवस्थाका लागि उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिईनेछ । स्थानीय तहहरुको सहकार्यमा पूर्णकालिन कृषकहरुलाई वर्गीकरण गरी परिचयपत्रका आधारमा सहुलियत र प्राविधिक सेवा प्रदान गर्ने कार्यक्रम संचालन गरिनेछ ।
कृषि तथा पशुपंक्षीजन्य रोग, किरा र महामारी नियन्त्रण गर्न आवश्यक पुर्वतयारीको प्रबन्ध मिलाईनेछ । पशु स्वास्थ्यको संरक्षण र सम्बर्द्धनका लागि एकल स्वास्थ्य अवधारणा अवलम्बन गर्दै तराईका जिल्लाहरुमा “खोरेत रोग उन्मूलन अभियान” प्रभावकारी रुपमा सञ्चालन गरिनेछ।
कृषि तथा पशुपंक्षी विशेष “एक जिल्ला, एक स्रोत केन्द्र” स्थापना कार्यलाई निरन्तरता दिइनेछ । रैथाने बाली तथा पशुपंक्षीहरुको उत्पादनमा जोड दिदै जैबिक विविधताको संरक्षण र प्रवर्द्धन गर्न “एक स्थानीय तह, एक सामूदायिक बीउ बैकं तथा नश्ल संरक्षण केन्द्र” स्थापनामा सहयोग गरिनेछ ।
कृषि तथा पशुजन्य वस्तुको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न बालीहरुको बीउ प्रतिस्थापन दर बृद्धि तथा पशु नश्ल सुधारका कार्यक्रमहरु संचालन गरिनेछ । सिंचित क्षेत्रफल विस्तारका कार्यक्रम संचालनमा ल्याइनेछ । सिंचाई पुगेका क्षेत्रहरुमा सघन बाली विकास कार्यक्रम संचालन गरिनेछ ।
अनुभवी कृषकहरुको ज्ञान तथा क्षमताको पूर्ण सदुपयोगका लागि स्थानीय स्तरमा बाली तथा पशुपंक्षी विशेष स्रोत व्यक्ति विकास कार्यक्रमलाई निरन्तरता दिईनेछ । हरित स्वयंसेवकलाई स्थानीय तहहरुसंगको सहकार्यमा वडास्तरसम्म र्पुयाई सेवा प्रवाहलाई सुदृढ गरिनेछ ।
कृषि बाली, पशुबस्तु तथा क्षेत्र विशेष मूल्य श्रृङ्खला विकास गर्दै कृषकलाई बजारको सुनिश्चितता गराउने उद्देश्यका साथ बजार पूर्वाधार विकासका कार्यक्रम संचालन गरिनेछ । प्रदेशको उत्पादनमा आधारित प्रशोधन उद्योगको स्थापनालाई प्रोत्साहित गरिनेछ ।
उत्पादन सामग्रीको सुनिश्चितता, प्राविधिक सेवा, यान्त्रिकरणका लागि कष्टम हायरिङ्ग सेन्टर, प्रशोधन कार्य तथा बजार सुनिश्चितता हुने गरी नीजि क्षेत्र तथा सहकारीसँगको सहकार्यमा चक्लाबन्दीका कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
स्थानीय तह विशेष सम्भावना भएका कृषि बाली तथा पशुपंक्षीहरुको उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि संचालन गरिएको मिसन कार्यक्रमलाई बिस्तार गर्दै आगामी बर्ष मकै, भटमास, आलु बाली थप गरिनेछ । फलफूल विरुवा रोपण अभियानलाई रोजगारीसँग जोडनुका साथै सर्वसुलभ बनाईनेछ ।
आय आर्जन, स्वरोजगारी, पोषण तथा खाद्य सुरक्षाको लागि महिला, युवा तथा विपन्न वर्ग विशेष गरिबी निवारण तथा खाद्य सुरक्षा कार्यक्रमहरुलाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमसंग सहकार्य गरी संचालन गरिनेछ । कृषक क्षमता अभिबृद्धिका लागि तालिम कार्यक्रमलाई परिमार्जन गरी उद्यमशिलता विकास गर्न मागमा आधारित पूर्ण ब्यवहारिक तालिम संचालन गरिनेछ ।
स्थानीय तहको साझेदारीमा कृषि आत्मनिर्भर कार्यक्रम अन्तर्गत “एक स्थानीय तह, एक उत्पादन” कार्यक्रम लागू गरिनेछ । कृषि बन प्रवर्द्धन कार्यक्रमलाई स्थानीय तहको सहकार्यमा थप उत्पादनमूखी बनाउदै लगिनेछ ।
कृषि र पशुपालन क्षेत्रमा विपद्बाट हुनसक्ने क्षतिको न्यूनिकरण, उद्धार तथा राहतका कार्यक्रम संचालन गरिनेछ । कृषि तथा पशुपंक्षी वीमा कार्यक्रममा कृषकको पहुंच बृद्धि गर्न सहजीकरण गरिनेछ । संघको साझेदारीमा मौसम पूर्वानुमानको साथै प्राविधिक सहयोग एवम् सूचनामा पहुंच बृद्धिका लागी किसान कल सेन्टरको सेवालाई प्रभावकारी बनाईनेछ ।
सहकारी क्षेत्रको क्षमता विकास गरी सीप, जनशक्ति र पुँजिलाई उत्पादनमुलक काममा लगाउन प्रोत्साहन गरिनेछ । सहकारी क्षेत्रको प्रभावकारी उपयोग, परिचालन र वित्तिय सुशासनका लागि सघन अनुगमन तथा नियमन गरिनेछ । सहकारी विकास कोषलाई प्रभावकारी रुपमा परिचालन गरिनेछ । ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सहकारी बजारहरुको स्थापना तथा संचालनमा थप सहयोग गरिनेछ ।
हाल संचालनमा रहेको करार खेती कार्यक्रमलाई निरन्तरता दिदै स्थानीय तहसंगको सहकार्यमा भूमि बैकंको स्थापना गरी संचालनमा ल्याईनेछ । भूमि बैंकमा रहेका जग्गाहरु सरकारी मध्यस्थतामा खेती गर्न चाहने