बिरामी र बिरामी बाेकेका एम्बुलेन्स दाैडाउनु पर्ने सडकमा फलफूल लगायतका ठेला र अटाे रिक्साकाे रजगजले बुटवलकाे अस्पताललाईनमा अत्यावश्यक सेवामा अवराेध सिर्जना गरेकाे छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ६ मा पर्ने अस्पताललाईन आसपास अस्पताल र मेडिकल क्लिनिक, फार्मेसी तथा ल्यावहरुकाे हव हाे । जहाँ विरामीकाे भिडभाड हुन्छ । विरामीकाे भिडभाड हुने क्षेत्रमा ठेलावालाहरुकाे ठेलमठेल भिडभाड र तानातानले अत्यावशयक उपचारमा हिडेका विरामी र विरामीका आफन्तलाई झन्झट गराउने गरेकाे औषधि व्यवसायी तथा मेलान रुपन्देहीका अध्यक्ष नारायण पाैडेल बताउनु हुन्छ ।
उपचारमा हिडेका बिरामीलाई अवराेध रहित शान्त वातारण हुनुपर्ने हाे । त्यस्तै आकस्मीक उपचारका बिरामी बाेकेका एम्बुलेन्सहरुलाई पनि सडकमा कुनै प्रकारकाे अवराेध हुनुहुदैन । तर अस्पताललाईनमा बिरामीलाई भन्दा पनि ठेलावालाले प्राथमिकतामा आफूहरु पहिलाे नम्बरमा व्यवहार गर्ने रुपन्देही सिटि स्कयानका सञ्चालक समाजसेवी दीपु केसी बताउनु हुन्छ ।
‘पहिले अलि केही कम थियाे, जेन-जी आन्दाेलन पछि त जे गरिपनि हुन्छ भन्ने प्रबृत्ति विकास भएकाे छ ।’ मेलान रुपन्देहीका अध्यक्ष पाैडेल भन्नुहुन्छ-‘नियामक निकायकाे नियमन र अनुगमन कमजाेर छ, यसलाई कडाई गर्नुपर्छ ।’

त्यसाे त बुटवल उपमहानगरपालिकाले पनि रिक्सा तथा ठेलाहरुकाे वेथिति र त्यसकाे व्यवस्थापनका लागि बेला बेला नियमन गर्दै आएकाे छ । अनुगमनकाे पाटाे कमजाेर हुँदा ठेला र रिक्साले लाख पाएका छन् । उनीहरुमा जे गरेपनि हुन्छ भन्ने मानसिकताकाे बिकास भएकाे उहाँले बताउनु भयाे ।
ठेलावालाकाे याे रजगजले स्वास्थ्य क्षेत्रलाई समस्या पारेकाे मात्रै छैन, सरकारकाे राजश्वमा समेत असर गरेकाे छ । दर्ता विना नै सडकमा ठेलामा गर्ने व्यापारिले राजश्व पनि नतिर्ने र सरकारी निकायमा दर्ता गरी राजश्व तिरेर बसेका व्यापारीकाे व्यापारमा प्रभाव पार्ने भएकाले ठेला व्यापारीलाई दर्ता प्रकृयामा ल्याएर व्यवस्थित रुपमा चलाउने वातावरण बनाउनु पर्ने अस्पताल लाईनका किराना व्यवसायी, किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष महेन्द्र पाेखरेल बताउनु हुन्छ । दर्ता प्रकृयामा पनि नआउन र व्यवस्थित हुन नमान्ने हाे भने ठेलाकाे व्यापार गर्न राेक लगाउनु पर्ने उहाँले बताउनु भयाे ।