इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षण सम्झौता

1.3K

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षण सम्झौता

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो ल्याव बुटवलबीच प्रयोगशाला परीक्षण सेवामा सहकार्यसम्बन्धी सम्झौता भएको छ । संघमा आबद्ध सदस्य, कर्मचारी, परिवारजन तथा विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीलाई स्वास्थ्य परीक्षण सेवामा सहजता प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।
बिहीबार बुटवलमा आयोजित कार्यक्रममा थाइरो ल्याव बुटवलका प्रबन्ध निर्देशक दिपु केसी र इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएकाे छ ।
सम्झौताअनुसार इक्यान रुपन्देहीका सदस्य तथा परिवारजनलाई सामान्य प्रयोगशाला परीक्षणमा ३० प्रतिशत, उन्नत परीक्षणमा २५ प्रतिशत, हिस्टोपाथोलोजी परीक्षणमा २० प्रतिशत र आउटसोर्स परीक्षणमा १० प्रतिशत छुट प्रदान गरिनेछ । यस्तै, इक्यान रुपन्देहीका कर्मचारी तथा परिवारजनलाई सामान्य परीक्षणमा २५ प्रतिशत, उन्नत परीक्षणमा २० प्रतिशत, हिस्टोपाथोलोजीमा १५ प्रतिशत र आउटसोर्स परीक्षणमा ५ प्रतिशत छुट उपलब्ध गराइनेछ ।
सम्झौतापछि बोल्दै इक्यान रुपन्देहीका अध्यक्ष बस्नेतले यस सहकार्यले संघका सदस्य, कर्मचारी, परिवारजन तथा विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई स्वास्थ्य परीक्षणमा उल्लेखनीय सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयाे ।
त्यस्तै, थाइरो ल्याव बुटवलका प्रबन्ध निर्देशक केसीले सबै प्रकारका प्रयोगशाला सेवा बुटवलमै उपलब्ध गराइएकाले अब बिरामीले महँगो शुल्क तिरेर काठमाडौं जानुपर्ने बाध्यता नरहेकाे बताउनु भयाे । नयाँ व्यवस्थापनपछि ल्यावको स्तरवृद्धि गरिएको उल्लेख गर्दै उहाँले अत्याधुनिक ‘टच प्रोफाइल’ परीक्षण सेवा सुरु गरिएको जानकारी दिनुभयाे । उक्त परीक्षण सेवा यस क्षेत्रमै पहिलो पटक सञ्चालनमा ल्याइएको जनाइएको छ ।
टच प्रोफाइल परीक्षणमार्फत दुई घण्टाभित्र रिपोर्ट उपलब्ध गराउन सकिने र लक्षित बिरामीको आवश्यकतालाई ध्यानमा राखेर सेवा सुरु गरिएको केसीले बताउनु भयाे ।
यसैगरी, ल्याव इन्चार्ज अमृत सापकोटाले नयाँ व्यवस्थापनसँगै थाइरो ल्यावले आफ्ना सेवाहरूलाई थप विशिष्टीकरण गर्दै गुणस्तरीय स्वास्थ्य परीक्षण सेवामा जोड दिएको जानकारी गराउनुभयाे ।