क्यान्सर दिवसमा स्वास्थ्यकर्मीलाई पाठेघर र स्तन क्यान्सरबारे प्रशिक्षण

1.3K

क्यान्सर दिवसमा स्वास्थ्यकर्मीलाई पाठेघर र स्तन क्यान्सरबारे प्रशिक्षण

क्यान्सर दिवसको अवसरमा स्वास्थ्यकर्मीहरुलाई पाठेघर र स्तन क्यान्सर सम्बन्धि प्रशिक्षण गरिएकाे छ । २६ औँ विश्व क्यान्सर दिवस (फेब्रुअरी-४)को अवसरमा विहिबार रुपन्देहीकाे तिलाेत्तमा नगरपालिका र नेपाल अर्बुद राेग निवारण संस्था रुपन्देहीकाे सहकार्यमा तिलाेत्तमा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिबृद्धिका लागि सचेतनामुलक प्रशिक्षण गरिएकाे हाे ।
“विशिष्टतामा एकता” भन्ने मूल नाराका साथ आयाेजित कार्यक्रममा नेपाल अर्बुद राेग निवारण संस्था रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले पहिचानकाे अभावमा राेग पालेर बस्न बाध्य भएकाहरुकाे राेग पहिचान गर्न सहज हाेस भन्ने उदेश्यले स्वास्थ्यकर्मीहरुका लागि प्रशिक्षण कार्यक्रम गरिएकाे बताउनु भयाे । उहाले याे प्रशिक्षणले राेग पहिचान गर्न सघाउ पुर्याउने पनि विश्वास व्यक्त गर्नुभयाे ।
त्यसैगरी तिलाेत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले विश्वमै तिब्र गतिमा फैलिएकाे क्यान्सर राेगकाे पहिचान र निदान (उपचार)मा प्रभावकारी याेजना बनाउन नसके भाेलीका दिनमा भयावहकाे स्थिती आउने भनाई राख्नुभयाे । उहाँले सरकारले गर्नुपर्ने काममा सहयाेगी बनेर जनस्वास्थ्य सुधारका लागि अर्बुद राेग निवारण संस्थाले गरेकाे काम स्रहानीय रहेकाे भनाई राख्नुभयाे ।

नेपाल अबुर्द्ध रोग निवारण संस्थाका केन्द्रीय सदस्य मधुसुदन गैरेले क्यान्स पहिचान र उनीहरुकाे उपचारमा परामर्श गर्ने खालका धेरै कार्यक्रम गरिएकाे र भाेलिका दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयाे ।
वरिष्ठ अन्कोलोजिस्ट डा. नारायण जी.सी.ले पाठेघर क्यान्सर तथा डा. संजय पाण्डेले स्तन क्यान्सरसम्बन्धी कारण, लक्षण, परीक्षण र रोकथामका उपायबारे विस्तृत जानकारी गराउनु भएकाे थियाे । कार्यक्रममा नगरपालिका अन्तर्गतका १७ वटै वडामा कार्यरत स्वास्थ्य अधिकृत, जनस्वास्थ्य अधिकृत, स्टाफ नर्स, सिनियर अनमी, अनमी, अहेब, ल्याब टेक्निसियन, कार्यालय सहयोगी, आन्तरिक लेखा अधिकृत, बालमैत्री नगर संयोजक, प्रशासन अधिकृतलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जनस्वास्थ्य प्रमुख ज्ञानप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै क्यान्सरजस्ता दीर्घरोगको समयमै पहिचान र रोकथाममा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनु भयाे । आयोजकका अनुसार यस्ता कार्यक्रमले क्यान्सरसम्बन्धी जनचेतना बढाउन र स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।