देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो देखिने मौसम पूर्वानुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी तथा तराई क्षेत्र आंशिक बदली रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
आज राति तराईका थोरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । रातिको समयमा पनि कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।