आईसीसी पुरुष टी–२० विश्वकप २०२६ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ । आइकोनिक वाङ्खेडे स्टेडियममा हुने उद्घाटन समारोहसँगै संगीत, आतिशबाजी र रंगीन प्रस्तुतिबीच विश्वकपको घोषणा हुनेछ ।
सह-आयोजक भारतले समूह ‘ए’ अन्तर्गत अमेरिकासँग आजै पहिलो खेल खेल्नेछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ भने त्यसअघि उद्घाटन कार्यक्रम हुनेछ । यसैदिन श्रीलंकामा पाकिस्तान र नेदरल्यान्ड्स तथा भारतको कोलकातामा वेस्ट इन्डिज र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
दुई दक्षिण एसियाली देश भारत र श्रीलंकामा आयोजना हुने यो विश्वकपमा विश्वका २० टोली सहभागी छन् । २० दिनसम्म चल्ने प्रतियोगितामा ५० खेल हुनेछन् । दुई दशक पूरा गर्न लागेको टी-२० विश्वकपको दशौं संस्करणले अब एक महिनासम्म विश्वभरका क्रिकेट समर्थकलाई रोमाञ्चित बनाउने अपेक्षा गरिएको छ ।