सिद्धार्थ कटेजले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा बुटवलमा माेमे महोत्सव आयोजना गर्ने भएको छ । लुम्बिनी प्रदेशको प्रमुख शहर बुटवलमा पहिलो पटक यहि माघ २९ देखि फागुन २ गतेसम्म आयोजना हुन लागेको माेमाे महोत्सवमा २ सय भन्दा बढी परिकारका माेमाेको स्वाद लिन पाइनेछ ।
नेपालीहरूका माझ लाेकप्रिय बन्दै गएकाे परिकार माेमाेको प्रवर्द्धन गर्ने उद्देश्यले सिद्धार्थ समूहअन्तर्गतको सिद्धार्थ कटेज बुटवलले यो विशेष महोत्सव आयोजना गर्न लागिएकाे शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएकाे हाे । रुपन्देही जिल्लाको बुटवलमा अवस्थित सिद्धार्थ कटेज केवल रेस्टुरेन्ट मात्र नभई पारिवारिक मनोरञ्जन, विश्राम र आतिथ्यको समग्र गन्तव्यका रूपमा परिचित छ । यहाँ शान्त वातावरणमा स्वास्थ्यकर भोजन, तालिम तथा उत्सवका लागि आधुनिक हल सुविधासमेत उपलब्ध छन् ।
सिद्धार्थ हस्पिटालिटीले यसअघि काठमाडौँ र धनगढीमा सफलतापूर्वक माेमाे फेस्टिभल आयोजना गरिसकेको छ । हस्पिटालिटीको पाँचौँ संस्करण तथा सिद्धार्थ कटेज बुटवलमा पहिलो पटक आयोजना हुन लागेको यस माेमाे महोत्सवमा २ सय भन्दा बढी प्रकारका माेमाे परिकारको स्वाद लिन पाइने सिद्धार्थ कटेज बुटवलका अपरेशन म्यानेजर पदम न्याैपानेले जानकारी गराउनु भयाे ।
महोत्सवमा माेमाेका विविध स्वादसँगै लुम्बिनी प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू पनि रहनेछन् । स्थानीय पहिचान झल्काउने परिकार, परम्परागत स्वाद र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले राखिने स्टलहरूले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको सिद्धार्थ हस्पिटालिटिका चिफ सेफ एल.बि. काैषलले बताउनु भयाे । उहाँका अनुसार माेमाे महाेत्सवमा कम्तिमा ५० रुपैयादेखि ५ सय रुपैयासम्म मूल्यका माेमाेका स्वाद लिन पाइने छ ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवको पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्याण्ड तथा कलाकारहरूको प्रस्तुति रहनेछ भने तेस्रो तथा अन्तिम दिन विशेष सांगीतिक कार्यक्रम, लाइभ ब्याण्ड र ‘मम मिक्स एण्ड कुकिङ कम्पिटिसन’ आयोजना गरिनेछ।
सिद्धार्थ समूहले २८ वर्षअघि कैलालीको टीकापुरबाट सेवा सुरु गर्दै हाल देशभर होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफे गरी ३३ वटा आउटलेटमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको सिद्धार्थ ग्रुपका बाेर्ड अफ डाइरेक्टर महेन्द्र न्याैपानेले बताउनु भयाे । उहाले स्थानीय खानाका परिकारको प्रवर्द्धन र पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यसहित आयोजना हुन लागेको माेमाे महोत्सवमा सहभागी भई विविध स्वाद, स्थानीय संस्कृति र मनोरञ्जनको आनन्द लिन पनि आग्रह गर्नुभयाे ।