नारायण भट्टराई /
आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशी नाम यस कारणले आएको हो कि यस दिन व्रत पालन गर्दा पाप रूपी हात्तीलाई पुण्य रूपी अंकुशले नियन्त्रण गरिन्छ भन्ने विश्वास छ। यस दिन मौनतापूर्वक व्रत तथा पूजा–पर्व गर्नाले मन शुद्ध भई गुणले भरिपूर्ण जीवन प्राप्त हुन्छ।
यस दिन भगवान् विष्णुको श्रद्धा र भक्तिपूर्वक पूजा गर्नुपर्छ। ब्राह्मणलाई दान–दक्षिणा दिने, फलफूल सेवन गर्ने तथा आत्मसंयम गर्ने परम्परा छ। यस एकादशीको व्रतले भगवान् विष्णु प्रसन्न भई संचित सबै पाप नाश हुने र मुक्ति प्राप्त हुने विश्वास गरिन्छ। मन्दिर, धर्मशाला, पोखरी, पिउने पानीको गोठ, बगैंचा आदि निर्माण गर्ने शुभ समय पनि यसै दिनलाई मानिन्छ।
कथा
प्राचीन समयमा विन्ध्यचल पर्वतमा क्रोधन नामक क्रूर शिकारी बस्थ्यो। ऊ हिंसा, लुटपाट, मदिरा सेवन र झूटमै जीवन बिताउँथ्यो। जीवनको अन्तिम क्षण आउँदा यमराजले आफ्ना दूतहरूलाई उनलाई लिन पठाए। दूतहरूले भोलि उसको अन्तिम दिन हो भनेर जानकारी दिए।
मृत्युको भयले त्रसित शिकारी महर्षि अङ्गिराको शरणमा पुगे। उनले कृपापूर्वक आश्विन शुक्ल एकादशीको व्रत बस्न निर्देशन दिए। व्रतको प्रभावले क्रोधन पापमुक्त भई विष्णुधाम पुगे। यो देखेर यमदूतहरूले पनि पापाङ्कुशा एकादशीको महिमा स्वीकारे।
तिथि
• आश्विन शुक्लपक्षको एकादशी
• (दसैं अर्थात् विजयादशमीको भोलिपल्ट पर्ने एकादशी)
देवता
• श्रीपद्मनाभ भगवान् (विष्णुको पद्मनाभ रूप)
महत्व
• यस दिन व्रत बस्दा पाप नाश भई मुक्ति प्राप्त हुन्छ।
• पापाङ्कुशा शब्दकै अर्थ: पाप (पापकर्म) + अंकुश (नियन्त्रण गर्ने) → पापलाई नियन्त्रण गर्ने दिन।
• विष्णुधर्मसूत्र र पद्मपुराणअनुसार यस दिन व्रत गर्दा हजार गौदान, गङ्गास्नान वा अन्य महादान जत्तिकै पुण्य प्राप्त हुन्छ।
• मृत्यु पश्चात् मोक्ष प्राप्त हुन्छ, यमदूतबाट बची विष्णुधाम जाने विश्वास छ।
व्रत विधि
१. प्रारम्भ :
• दशमीदेखि ब्रह्मचर्य पालन गर्दै एकादशी व्रत सुरु गर्ने।
२. एकादशी दिन :
• बिहान स्नान गरी शुद्ध वस्त्र धारण गर्ने।
• भगवान् विष्णुको पद्मनाभ रूपलाई पुष्प, दीप, धूप, तुलसीपत्र अर्पण गरी पूजा गर्ने।
• दिनभर फलाहार वा निर्जल व्रत बस्ने।
• विष्णु सहस्रनाम, गीता वा विष्णु स्तुति पाठ गर्ने।
३. पारायण :
• द्वादशीको बिहान व्रत पारायण गरी अन्न ग्रहण गर्ने।
व्रतको फल
• जीवनभर संचित पापहरू नाश हुन्छन्।
• विष्णुभक्ति, दीर्घायु, स्वास्थ्य र अन्ततः वैकुण्ठप्राप्ति हुन्छ।
• पद्मपुराणमा पुर्खाहरूको उद्धार हुने उल्लेख पाइन्छ।
• दशैंपश्चात् आउने भएकाले यसलाई “शुद्ध जीवनको प्रतीक” मानिन्छ।
“गिद्दे एकादशी” नामको प्रचलन
गाउँघरमा पुराना पुस्ताले पापाङ्कुशा एकादशीलाई कहिलेकाहीँ “गिद्दे एकादशी” पनि भन्छन्।
• दशैंपछि तुरुन्तै पर्नु: विजयादशमीमा विभिन्न परिकार पकाइन्छ। त्यसको भोलिपल्ट धेरै घरमा बचेखाने खानुपर्ने हुन्थ्यो।
• गिद्धसँग तुलना: गिद्धले लास वा बासी वस्तु खानेजस्तै, यो दिन पनि बासी खाने बाध्यता पर्थ्यो भन्ने व्यंग्यात्मक नाम।
• व्रत पक्ष: व्रतमा ताजा खाना वा फलाहार मात्र खान मिल्ने हुँदा शास्त्रीय रूपमा “गिद्दे एकादशी” भन्ने नाम मान्य छैन।
निष्कर्ष:
• धार्मिक ग्रन्थमा यसलाई पापाङ्कुशा एकादशी भनिएको छ।
• “गिद्दे एकादशी” भन्ने नाम केवल लोकपरम्परागत, व्यंग्यात्मक प्रयोग हो।
यस वर्षको तिथि
• वि.सं. २०८२ साल आश्विन १७ गते पापाङ्कुशा एकादशी पर्छ।
।। अस्तु ।।