तापैताप (ब्यङ्ग निबन्ध)

473

तापैताप (ब्यङ्ग निबन्ध)

यति वेला मानबजातिले भोगेको कोभिड–१९ ले सिर्जित महाब्याधिको चुनौति सम्भवत यो पुस्ताले भोग्दै गरेको वा भोग्नुपर्ने जटिलमध्ये महाजटिल चुनौति हो । बिश्वव्यापीकरणले एक वनाएको सिंगो विश्व आज चिरै चिरामा विभाजित भएको छ । जनगणतन्त्र चीनको हुबेई प्रान्तको औधोगिक नगरी वुहानमा पहिलोपल्ट देखापरेको कोभिड–१९ को महामारीले संसारको धेरैजसो राष्ट्रहरुलाई आक्रान्त वनाएको छ ।यो घातक विषालुले वर्तमान विश्वको एकल महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकालाई पनि थङ्थिलो पारेको छ ।
कोभिड–१९ को महामारी कहिले, कुन बिन्दुमा पुगेर जनधनको कति ठुलो नोक्सानी गरेर साम्य हुन्छ कसैले पनि भन्न सक्ने स्थिति छैन । कोरोना भाइरस विरुद्ध अहिलेसम्म कुनै प्रकारको प्रतिरोधी खोप तयार हुन सकेको छैन । साथै, यो महाव्याधीवाट पीडित विरामीलाई दिन सकिने कुनै खास औषधी पनि छैन । यो स्थितिले सम्पुर्ण मानव जातिलाई नै निरही वनाएको छ । विश्व नै लकडाउन भएको छ । जमिनमा गुड्ने र आकासमा उड्ने सबै सवारी ठप्प छन । औधोगिक कलकारखानाहरु बन्द हुदैछन् । शैक्षिक सस्थाहरु बन्द छन । करोडौं मान्छेहरु वेरोजगार हुदैछन् । गरिवी, भोकमरी र नोवेल कोरोना भाईरसले मन, मष्तिस्कमा उथुल पुथुल पारेको छ । मान्छेहरु आजभोलि आ–आफ्नै पिर,व्यथा, चिन्ता र तापहरु आदान प्रदान गर्दै जिबन निर्वाह गरेका छन् ।

साच्चै, ताप भनेको के होला ? यही प्रश्न आज जनसमुदायमा राख्न चाहन्छु । तापभनेको कुनै वस्तुको तातोपना हो । सामान्यता तातो रहिरहनु नै तापको परिभाषा भन्ने बुझिन्छ । बिज्ञानको भाषामा ताप भन्नाले एक प्रकारको शक्तिको रुपमा बुझन सकिन्छ । अंगे्रजी भाषमा हिट (ज्भबत) भन्ने हुन्छ । हिन्दी, तामिल,उर्दु,फ्रेन्च,बंगाली र चाईनिज भाषामा के के भन्छ त्यो त बढो हार्दिकताका साथ नम्र भएर सम्बन्धित पक्षसँग सोध्नै पर्दछ । तर, जे सुकै होस् मनमा ताप, पीर र चिन्ता नभएको मानव जाती सायद यो बिश्व व्रहमाण्डमा कहि पनि छैन होला । जन्म देखि मृत्युसम्म सबैलाई आ–आफनै ताप, पीर, पीडा र चिन्ता छन् । त्यसैले ताप भनेको मेरो भाषामा पीर, चिन्ता, दुःख र शान्ति नहुनु , वारम्वार विगतको तितो घटनालाई सम्झनामा ल्याईरहनु, एक्लै टोलाएर बस्न रुचाउनु, रातमा निद्रा दिनमा भोक र प्यास नलाग्नु र आँखाबाट वर्रवर्र आँसु खसाल्नु पनि ताप र पिरको ज्वलन्त उदाहरण हो ।

यही तापै तापको बिशेष संरचनामा निमार्ण भएको सिंगो शरीरलाई निश्च्ति सुहाउँदो तापक्रममा राख्न पनि साहृै गारो हँदोरहेछ । २१ औं शताव्दीको बिज्ञान, प्रविधि र सुचनाको महान युगमा मानव आधारभूत आबश्यकता सजिलै पुर्ति हुन नसक्दा मानसपटलमा चिन्ता पर्दाेरहेछ । तापलाई कसरी महसुस गर्ने, कसरी वहसमा राख्ने र कसरी नियन्त्रण गर्न सिक्ने भन्ने सम्बन्धमा स्वयम् व्यक्ति वा पात्र नै परिचित हुनुपर्ने भएकोले तापको व्यापक अर्थलाई सिधा र सोझो भाषामा बुझ्न त्यत्ति सजिलो छैन ।
यसलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोणहरु पनि अलग अलग र फरक फरक भागमा विभाजित छन् ।

सामाजिक सञ्जालवाट साभार तस्विर

कहिलेकाही मनमा खुलदुली खेल्ने गर्दछ । तापको उत्पत्ति, विकास र सृजना कसरी भयो होला ? यो दुनियाँमा कुनै ताप, आपत र विपत नभए सिंगो मानव जीवनको परीकल्पना कसरी गर्न सकिन्थ्यो होला ? यी मेरा मनका गम्भीर प्रश्न र जिज्ञासाहरु मात्र हुन । यही तापको वारेमा सुनाउन एउटा गजल लेखे –

खुशी छैन यो मन आफनो किन होला रातभरि ?
सधै हुन्छ ताप र पीर किन होला रातभरि?
बरु यहाँ कुकुुर रुन्छ सडकमा व्यथासँगै
मौन हुन्छन् सधै यी जन किन होला रातभरि ?
रगतको रातो यौटै, ढुकढुकीको तातो एउटै
तर फरक–फरक जीवन किन होला रातभरि ?

यो लेखेर म आफै ट्वाल्ल परे र सोचे । कहिलेकाही गजल लेख्न सुरु गर्दा पनि भाव,शव्द फर्रर्र फुर्दोरहेछ । विचार मिलेपछि र मनमा शव्द आएपछि जीउभरि पीडा र ताप भएतापनि गजलको मुल फुट्दो रहेछ ।
हुनत सबैले एक छाक बिहान – साँझ खाएकै छन् । फाट्या र पुराना भएपनि सिंगो शरीरलाई कपडाले ढाकेकै छन् । दुःख–सुःख, आपत–बिपत जे भएपनि हाँसी खुश्ी यो पृथ्वीमा जीवन चलाएका छन् । कसैको पनि मंगल, बुध, शुक्र, र वृहस्पति ग्रहमा वसोवास छैन । सुर्यवाट नजिकैको ग्रहमा पनि बढी तापकै कारणले मानव बस्ती राख्न सकेको छैन् । जेहोस ताप भनेको ताप नै हो । कति ताप्पिने ? र, कति तताउने ? भन्ने विषयमा नै यो निर्भर गर्दो रहेछ । फेरि कसलाई के कति ताप परेको छ भनेर लेखाजोखा र नापतौल गर्न पनि नसुहाउने । तपाईलाई के ताप प्यो र भनि सोध्दा उल्टै झम्टी खानु पर्ने र आफै अपमानित हुनुपर्ने यो तापलाई आज चिरफार गर्ने जमर्को गरेको छु । तापको वारेमा सवाल चलाउदा कसैको भित्रदेखि चित्त दुख्न सक्ला । कसैले रिसको भाव राखी वदला लिन सक्ला । कसैलाई फेरि हाँसेर खुव घत लाग्न सक्ला र यो व्यङ्गकारलाई स्यावासी मिल्ला भन्दै आशै आशको परिधिमा यो लेखकले निवन्ध कोर्दै छ ।
प्रथमतः आज म बिभिन्न तापहरु मध्य व्यत्तिगत तापको बारेमा व्याख्या, बिश्लेषण र चर्चा गर्न चाहन्छु । व्यक्तिगत ताप भन्नाले व्यक्ति स्वयम्लाई पर्ने आघात, पीर र वेदनाको सिंगो कुण्ठो नै व्यक्तिगत तापको रुपमा बुझ्न सकिन्छ । जीवनलाई सोचेजस्तो गतिमा पुराउन नसक्नु पनि व्यक्तिगत चिन्ता हो । फलामे ढोका भनेर चिनिने एस.एल.सी. को उ वेलाको परिक्षामा सोचेजस्तो नतिजा नआउदा पर्नु ताप परथ्यो । जीन्दगी नै धरापमा परथ्यो । सबैवाट मायाको सट्टा घिणा पाईन्थ्यो । पढ्रन छोडेर राम्री केटीलाई प्रेम गर्यो । सबै जीवन उसैलाई समर्पण गर्यो । अनि वर्षै देखि प्रेम गर्दै आएको प्रेमिकालाई अर्कैले थाहै नदिई उडाउँदा सहन नसक्ने हुन्छ । गोजीमा राखेको हजार रुपैयाको दाम अत्तोपत्तो नदिई वाटोमा हराउदा पुस माघको महिनामा पनि खलखली पसीना आउछ । आफुसँगै पढेलेखेको साथी अमेरिका र अष्टे«लियावाट हेलो हाई गर्दा आफूलाई भने नेपालीपनको जीउने आधार वाक्क लाग्छ । मानौं, एउटा डकर्मीले घर बनाउन पाएन भने, भरीया दाईले दीनभर आफनो भारी बोक्न पाएन भने, एउटा कुशल शिक्षकले बिधार्थीलाई पढाउन पाएन भने, एउटा किसानी दाईले असारको महिनामा खेतमा धान रोप्न पाएन भने त्यो जस्तो ठुलो ताप जिवनमा अरु केहि हुदैन ।

त्यसैगरी घरायसी तापलाई पनि ठुलै समस्याको रुपमा लिन सकिन्छ । जब घरपरिवारमा अशिक्षित सदस्य संख्या बढ्दै जान्छ तब प्रत्येक परिवारका सदस्यहरुको वेग्ला वेग्लै ताप र यसका नकरात्मक रुपहरु पनि बढ्दै जान्छन । भनिन्छ,–“गोरु बुढो भयो भने ढीक खोज्छ, मान्छे बुढो भयो भने निहुँ खोज्छ” भनेझै बुढो भयो त तापैतापको कथा र व्यथा सुरुवात भयो । बुढेसकालको ताप पनि मृत्युसँग सम्बन्धित भएकोले बुढाबुढीको गुनासो बेग्लै प्रकारको छ । छोरा बुहारीले हेरेनन् । ना–नातिनाहरुले पनि सहयोग गरेनन् । तड्कभडकको जमानामा बुहारीको फेसन देख्दा सासु ससुरालाई खपी नसक्नु हुन्छ । धेरै दाई भाई भएको घरमा भाई–भाईको टोकाटोक र ईष्या हुन्छ । नन्दले माइतबाट घरतर्फ सामान ओसार्दा भाउजुलाई पर्नसम्म ताप पर्छ । “उजेली पुजेली दिन गुमाई जुनेली रातमा बिस्कुन सुकाई”, “तै रानी मै रानी कस्ले भर्छ पानी” जस्ता उखानहरु प्रख्यात छन् । बुहारीहरु भएको घरमा आडाआड छ । “बिबाह नहुदाँ सम्म आकाशको तारा झारिदिउला विवाह भएपछि वङ्गारा झारिदिउला” भन्ने उखान कसलाई के थाहा ? पञ्चैवाजा ठोकेर टन्न दाइजो भित्राएको श्रीमतीको श्रीमान जड्याह पर्दा कस्तो ताप पर्ला ? प्रत्येक साँझ जाड–रक्सी घिचेर घरमा हो–हल्ला गर्दा त्यो श्रीमतीलाई खान,बस्न र सुत्न सुःखै छैन् । बाबु र आमालाई छोराछोरीको ताप औधी हुन्छ । बिबाह नहुदाँ विवाह भएन भन्ने ताप,विवाह भयो छोराछोरी भएनन् भन्ने ताप, छोराछोरी भए ना–नातिना कहिले होलान भन्ने यो जैविक जिवनको चक्र तापैतापको परिधिमा अल्झिएको छ । व्यक्तिगत जीवनमा देखापर्ने रोगहरुको व्यथा पनि उस्तै छ । ग्याष्टिक,जण्डिस,सुगर, उच्च रक्तचाप, टाइफइड, अल्सर जस्ता रोगहरु एकैचोटी उर्लेर आउदा जिन्दगी हरेस खान्छ । डाक्टरका औषधीहरु देख्दा वाक्क लाग्छ । आफूलाई असाध्यै मन पर्ने खानाहरुमा डाक्टरले वर्षौ दिनसम्म नखानु भनेर रोक लगाउदा आँखावाट आँसु झर्छ ।

हामी सामुदायिक तापलाई पनि समाजकै कलंकको रुपमा हेर्न सक्छौं । वेरोजगार, अशिक्षा, जनसंख्या वृद्धि तथा रुढीवादी परम्परामा पूर्ण बिश्वासको कारणले समाजलाई रुपान्तर र परिवर्तन गर्न साहृै गाहृोपर्दोरहेछ । नेपाली समाज विभिन्न जातजाति,भाषभाषी, धर्म र संस्कृतिको समायोजन हो । अधिकांश मानिसहरु चेतना र शिक्षाको अभावले वेचैनको जिवन निर्वाह गरेका छन् । घर–घरमा बसेर चुरोटका खिल्लीहरु उडाएका छन् । नशा तानेर अमूल्य जिवनको मूल्य चुकाईरहेका छन् । नजिकैको भट्टी पसलमा देश बनाउने युवाहरुको भिडभाड देख्दा चिन्ता लागेर आउछ । तापैतापको लहलहैमा सबैको जिबन बर्बाद भएको छ ।

त्गसैगरी सरकारी बिधालय, बोर्डिङ्ग, क्याम्पसदेखि बिश्वबिधालयसम्म पनि आ–आफनै ताप र पश्च्यातापहरु छन् । बिधालय भ्रमणको क्रममा एक जना शिक्षक मित्रसँग भलाकुसारी भएको थियो । उहाँसँगको प्रत्यक्ष कुराकानीमा मैले झण्डै आँसु झारिन । मैले आफूलाई समालेर सम्झाउने प्रयास गरे । उहाँको वेलिविस्तार गजवको भन्दा पनि साहृै दुःख लाग्दो थियो । मैले बिधालयको लागि के गरिन होला ? तुलना गर्ने ने नै हो भने एउटा पियन र शिक्षकको बिचमा केहि भिन्नता पाएन ।स्कुल स्थापनादेखि खटेर लागे । स्कुल निर्माणको लागि ढुङ्गा बोके,काठ ओसारे तर अहिले हाता लायो शुन्य भनेझै भएको छ । मतलव, म क्रणमा छु । जेहोस् श्रम, सीप, क्षमता, मेहेनेत र योग्यता अनुसारको तलव नपाउनु त्यो शिक्षकको आफ्नै ताप थियो । हेडमास्टरका पनि आफ्नै अनौठा तापहरु छन् । विधार्थी भर्ना,परीक्षा प्रणाली, नतिजाको घोषणा, शिक्षकहरुको राजनितिक संगठन, अभिभावकहरुको कचकच, बिधालयमा चेन अफ कमाण्ड विग्रिनु पनि हेडसरका टाउको दुखाईका बिषय हुन् । स्वास्थ्य क्षेत्रका समस्याहरु र व्यथिति पनि कम छैनन् हाम्रो नेपालमा । एउटा डाक्टरलाई विरामी अप्रेसन गर्न पर्याे भने भगवान भरोसा हुन्छ । केहि कारणले विरामी मरिहाल्यो भने डाक्टरलाई पिट्ने, अस्पताल तोड्फोड गर्ने, सडकमा टायर बाल्ने, आन्दोलन गर्ने र भाको रिसभरि प्रहरीमाथि खन्निेने प्रवृति अझै जिवित छ ।

कर्मचारीले नयाँ वर्षमा नयाँ तलव बृद्धि होला भनेर आशा राख्नु पनि बेकार छ । थोरै तलबले परिवार पाल्न गाहृो छ । जिन्दगीका सपनाहरु कहिल्यै पुरा भएनन् । सधैभरि पीडा र दुःख संगाली रुदै हिड्नु परेको छ । यतिवेला एउटा पुरानो गितको सम्झना छ,– “आधा जिन्दगी रेटिसके” गाएक को हुन्? कहिल्यै देखेको र चिनेको पनि छैन् । चिन्न र देख्नु पनि किन पो परर्यो र ? गीतको मर्म र भावले छातीमा पत्थर हान्छ । मान्छेलाई त्यही पिर न हो । पीरको भारी बिसाउने ठाँउहरु भेटिएनन् भने जिन्दगीले हरेस मात्र होईन चरेस पनि खादो रहेछ ।

क्याम्पस र विश्वविधालयमा हजारौ बिधार्थीको भबिष्य अन्योलमा छ । कसैकसैले नेपालका बिश्वविधालयहरु वेरोजगारको भर्तिकेन्द्र भनेर तिखो वाण हान्न समेत भ्याउछन् । तर, स्थिति नाजुक नै छ । उच्च शिक्षा अध्ययन पश्चात भनेजस्तो जागिर नेपालमा नपाएर सर्टिफिकेटलाई थोत्रो झोलामा थन्काएर, बुढा बा–आमा, श्रीमती र केटाकेटीहरुलाई सम्झाई वुझाई घरमा बसालेर बा–आमाको हातवाट राता टिका निधारमा लगाई आर्शिवाद थाप्दा मेरा मात्रै होइन् परिवारकै आँशु झर्छन् । घर, ईष्टमित्र, छिमेक र सिंगो देशलाई चटक्कै छाडेर जाँदा सबैको औधी याद आउदोरहेछ । “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” यो महान महावाण्ीलाई भूल्न सक्दैन् ।

आजको देश, बिदेश र सिंगो बिश्व ब्रहमाण्डमा मानब समुदायको वाक्लो वस्ती छ । त्यही आ–आफ्ना वस्तीहरुका आ–आफ्नै ताप, पिर, चिन्ता र कुण्ठाहरु छन् । कतै बिकाश भएन भन्ने चिन्ता छ कतै बिकाशको कारणले बिनाश भयो भन्ने चिन्ता छ । बिचित्र छ, संसारको लिला । मलाई लाग्छ, सकरात्मक सोचको बिकाश गर्ने नै हो भने ताप प्रगतिको खुड्किलो हो । जबसम्म मान्छेलाई ताप पर्दैन नि तवसम्म उसले अगाडी बढ्ने चेष्टा नै गर्दैन् । तापले केहि कुरा सिकाउछ । संर्घषको वाटोमा अग्रसर गराउछ । फेरि, जिवनमा तापै नपर्ने भईदिएको भए हाम्रो जिवन कसरी सार्थक हुन्थ्यो र ?त्यही तापको महत्वपूर्ण योगदानले अव्राहम लिङ्कन अमेरिकाको १६ औं राष्ट्रपति वने । जर्मनको उल्म भन्ने ठाउँमा पिता हरमन आइन्स्टाइन र माता पाउलिन आइन्स्टाइनको कोखवाट जन्मिएका अल्वर्ट आइन्स्टाइनलाई एउटा गणित शिक्षकले तिमीले सात जुनिसम्म पनि गणित सिक्न सक्दैनौ भन्दा ठूलो ताप परेको थियो होला । त्यही तापको चिन्तनले भ्.mअद्दको आविष्कार हुन पुग्यो ।सर आइज्याक न्युटनलाई स्याउ तलतिर किन खस्यो भन्ने तापले महान बैज्ञानिक रुपमा संसारमा चिनायो । क्रिस्टोफोर कोलमव्सलाई अमेरिका पत्ता लगाउने अवसर प्रदान गरयो । सिद्धार्थ गौतम बुद्धले शान्ति र अहिंसाको खोजीमा दरवार त्यागे । घरपरिवारकै तापले गर्दा झमक घिमिरेले आफ्नो हातहरु नभएपनि खुट्टाको सहायताले अक्षर लेख्ने दृढ संकल्प गरिन । फलस्वरुप जीवन काडाँ कि फूल ? भन्ने उपन्यासले मदन पुरुस्कार प्राप्त गर्यो । दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्ध सङ्घर्ष गर्ने अठोट गरेका विश्वमा सबभन्दा बढी जेलजिवन विताउने व्यक्ति र जन निर्वाचित प्रथम अश्वेत राष्टपति नेल्सन मन्डेलालाई दुई–दुई वटाश्रीमती एवेलिन र विन्नीसँग पारपाचुके गर्नुपर्दा कति ठुलो ताप पर्यो होला ?
रुसका प्रथम अन्तरिक्ष यात्री युरी गागरिनलाई अन्तरिक्षतर्फका पहिलो यात्रा सफल भएन भने के गर्ने होला भन्ने तापले सतायो होला । रेडियम पत्ता लगाउने दुई लोग्ने स्वास्नीलाई सन् १९०३ मा दबैलाई नोवेल पुरुस्कार प्राप्त भएको थियो । तिनै श्रीमान श्रीमती मेरी क्युरी र पियरे क्यरी मध्य पियरेको मृत्यु हँुदा मेरी क्युरीलाई दुई छोरी इरेन र इभेलालाई हुर्काउन, पढाउन र वैज्ञानिक कर्ममा लगाउन कति हम्मे हम्मे पर्यो होला ? रविन्द्रनाथ टैगोर, भानुभक्त आचार्य, लक्ष्मी प्रसाद देवकोटा, विलियम सेक्सपियर जस्ता महान साहित्यकारहरु साहित्यकै तापमा आफनो जीवन समर्पण गरे । जेहोस यो विशाल पृथ्वीमा तापको निश्चित मात्रा सबैलाई आबश्यकता पर्दछ । तापको न्यानो माया विना हामी वाँच्न सक्दैनौं । घरमा चुलो वाल्न, खाना पकाउन देखि लिएर रेल रकेट र अन्तरिक्षको उडान भर्नको लागि पनि तापको ठूलो महत्व रहन्छ । एउटा पोथी कुखुरालाई पनि अण्डा कोरल्न तापको आवश्यकता अपरिहार्य हुन्छ । ६० वर्षे बुढाबुढीलाई मध्य पुषको जाडोमा तापकौ बढी आबश्यकता पर्दछ । तापको अर्थ र परिभाषालाई साँघुरो घेरामा राखेर हेर्न सकिदैन् । यस्को अर्थ व्यापक र सर्बमान्य छ ।

घरदेखि विश्वसम्म देखा परेका अन्तराष्ट्रिय स्तरका घटनाहरुले विश्वसम्ुादायलाई पार्नुसम्म ताप पारेको छ । बिश्वका बिभिन्न देशमा अशान्ति, हिंसा, गरिवी, वेरोजगार, भष्टाचार, महिला हिंसा र प्राकृतिक प्रकोप जस्ता घटनाहरुले लाखौ मान्छेको ज्यान गईसकेको छ भने करोडौंको घरबार बिचल्ली भएको छ । विश्वमा धनी र विकसित राष्ट्रहरु विज्ञान र प्रविधिको कुरा गर्दा हाम्रो देश नेपालमा झाडा पखालाले सयौं जनाको मृत्यु हुन्छ । ताप्लेजुङमा खाधान्न नपुग्दा,हुम्लामा नुन नपुग्दा र डोल्पामा यातायात र सञ्चारको पहुँच कमजोर हँदा साहृै दःुख लाग्छ । यति सानो देशमा पनि मान्छेले अनेकौ नचाहिने उश्रृङ्खल गर्दा चिन्ता लाग्छ । जताततैको व्यतिथि डामाडोल छ । बनेको र सुध्रिएको अवस्था कहिकतै छैन । स्वास्थ्य चौकीमा विरामी लगेर गयो डाक्टर छैन् । राहधानी वनाउन प्रशासन कार्यालयमा गयो हाकिम छैन । जरुरत कामको लागि विदेशमा रहेको छोरालाई फोन गर्न खोज्यो मोवाईलमा नेटवर्क छैन । छोराछोरीलाई सामुदायिक बिधालयमा भर्ना गर्यो पढाईको गुणस्तर राम्रो छैन् । स्कुले विधार्थी वलात्कृत भइन् न्याय माग्न जिल्लातिर धायो न्यायधिसले महिनौ दिन सम्म तारिख दिन्छ । त्यसैले हामी सबै मानवजाती तापैतापको भुमरीमा छौं । तापकौ जंजिरले हामीलाई वाधेको छ ।

अन्त्यमा, सिंगो विश्वव्रहमाण्ड, सुर्य, तारा र सिंगो सौर्य परिवारलाई बचाउनु छ । बिश्व मानव समुदायलाई विश्वबन्धुत्वको भावनामा जिवन्त दिनु छ । सबै हामी एकैचोटी तात्तिने, आत्तिने र मात्तिने काम गर्नु हुदैन् । दुई विश्वयुद्धले महान सन्देश दिइसकेका छन् । ठुला राष्ट्रहरु–“सुइच द बटन फिनिस द ओरल्ड” भन्छन । हामी अब सचेत हुनुपर्दछ । मान्छे त्तात्तियो भने विश्व विनास हुन्छ । हामी हाँसेर,नाचेर खुशीसँग बाँचेर विश्वलाई रङ्गीन वनाउन छ । त्यसैले तापलाई बुझौ र यस्को आवश्यकतालाई महसुु गरौं । दीर्घ र स्वस्थ जीवनको लागि मनका सबै तापहरु हटाउनैपर्छ । विगतका तीता अनुभव र यादहरु विर्सनुपर्छ । टन्न खाएर जिङरीङ्ग मोटाउन पर्छ ।आफन्त र इष्टमित्रसँग खित्का छोडेर हाँस्न जान्नुपर्दछ । “जो हास्यो उही धेरै बाँच्यो” भन्ने उखानलाई मनन गर्नुपर्दछ । जीन्दगीमा दुःख पाए, रोगले सतायो, गरीव भए, वेरोजगार भए, श्रीमती पोइल गई, श्रीमानले छोड्यो, खडेरी परेर खेतीपाती राम्रो भएन, नोवेल कोरोनाले विश्व समुदाय नै बर्वाद हुन थाल्यो, देशमा शुसासन कहिल्य भएन भनेर वढ्ता चिन्ता र ताप गर्नु भनेको समय बर्बाद र नष्ट गर्नु हो । त्यसैले एउटा नीति शास्त्रमा उल्लेख गरेको कुरा लेख्न मन लाग्यो –
सर्बे भवन्तु सुखिन
सर्वे सन्तु निरामया
सर्वे भदाणि पश्यन्तु
मा कश्चित दुख भाग्भवेत ।।

(समाप्त)

मितिः– २०७७/०६/०९
नोटः– निबन्ध सर्वाधिकार स्वयम् लेखकमा

निबन्धकारको परिचय
नामः सरद बिष्ट
ठेगानाः स्वर्गद्धारी न.पा. –३, प्यूठान
शैक्षिक योग्यता : बि.ए. /बि.एड.(अंग्रेजी)
पेशा : शिक्षण र साहित्यक रचना प्रकाशन
इमेल : sarad.nature@gmail.com