नेपालमा एकैदिन ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि : २१४ जनाको मृत्यु

804

नेपालमा एकैदिन ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि : २१४ जनाको मृत्यु

नेपालमा एकैदिन ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी एकैदिन २४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ६५३ जनाको पीसीआर परीक्षणमा ९ हजार १९८ र ४३४ जनाको एन्टिजेन परीक्षणमा ४९ जनालाई संक्रमण पुष्टि भएको हो ।
पछिल्लो तीन दिन लगातार मुत्युको संख्या घटेको थियो । यद्यपी सोमबार पुनः मृतकको संख्या बढेको छ । गएको तीनदिन शुक्रबार, शनिबार र आईतबार क्रमश २०३, १८७ र १४५ जनाको मृत्यु भएको थियो । सोमबार भने मृत्यु हुनेको संख्या एक्कासी बढेर २१४ पुगेको हो ।
सोमबार थएिको ९ हजार २४७ सहित नेपालमा कुल संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ५१० रहेको मन्त्रालयले जनाएको छ । त्यस्तैगरी हालसम्म ३ लाख ५५ हजार २२३ जना संक्रमण मुक्त भएका छन् ।