संखुवासभामा बस दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारले एक लाख रुपैयाँ पाउने भएका छन् । मादी नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निणर्य गरेको नगर प्रमुख विदुरकुमार लिंथेपले जानकारी दिनुभयो । त्यस्तै दुर्घटनामा घाइते भएकाहरुलाई ५० हजार रुपैयाँ दिने निणर्य पनि बैठकले गरेको छ ।
गत बिहीबार मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।
घाइते भएका चार जनाको अवस्था सामान्य रहेको तर एक जनाको मेरुदण्डमा समस्या देखिएको छ ।