एक लाख म्यादी प्रहरीको माग, चैत ६ गतेदेखि आवेदन भर्न सकिने

1.3K

एक लाख म्यादी प्रहरीको माग, चैत ६ गतेदेखि आवेदन भर्न सकिने

सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना आवेदन खुला गर्ने भएको छ । देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइने गरी प्रहरी प्रधान कार्यालयले भर्ना खुलाएको हो । यसका लागि चैत ६ देखि ११ गतेसम्म आवेदन दिन सकिने छ । म्यादीको कार्यावधि ४० दिन तोकिएको छ ।
यसको लागि नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने छ ।