नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटिमा पदाधिकारी टुंगियो

1.3K

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटिमा पदाधिकारी टुंगियो

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटिमा पदाधिकारी टुंगिएको छ । यस अगाडि भएको प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बरालको नाम सहमति भएपपनि बाँकी पदाधिकारीमा कुरा मिलेको थिएन ।
बुधबार कपिलबस्तुमा भएको प्रदेश कमिटिको पूर्ण बैठकले लुम्बिनीका पूर्व सामाजिक बिकास मन्त्री बरालको अध्यक्षतामा २५३ सदस्यीय प्रदेश कमिति टुंगो लगाएको हो ।
प्रदेश कमितिको उपाध्यक्षमा बर्दियाका दुर्गा थारु, दाङका नुमाकान्त न्यौपाने र रोल्पाका बिरबहादुर खत्रीलाई चयन गरिएको छ । त्यस्तै सचिवमा प्युठानका कृष्ण अधिकारी, सहसचिवहरुमा बाँकेका अकलबहादुर बम, पाल्पाकी पार्वती बिक र कपिलवस्तुका काशीराम यादव तथा कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अलीलाई चयन गरिएको छ ।