एमसिसिले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न मद्धत गर्छ : गृहमन्त्री खाँण

146

एमसिसिले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न मद्धत गर्छ : गृहमन्त्री खाँण

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले हालै संसदबाट पारित भएको एमसिसि परियोजनाको सफल कार्यान्वयन पछि पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भईरहेको र आयात पनि बढीरहेकोले विद्युत त्यसको विकल्प हुने बताउनु भयो । विद्युत ट्रान्समिसन लाईन निर्माण र सडक स्तरोन्नतीको लागि अमेरिकी सहयोग परियोजना एमसिसि स्वीकार गरिएको बताउँदै उहाँले पेट्रोलियम पदार्थको मुल्यसंगै आयात पनि बृद्धि भईरहेको अवस्थामा विद्युतीय उपकरणको प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनको लागि पनि एमसिसि परियोजनाको महत्वपूर्ण भूमिका हुने बताउनु भएको हो । एमसिसि परियोजनाको माध्यमबाट आउने अनुदानले नेपालको गरिबि घटाउन समेत मद्धत पुग्ने उहाँले बताउनु भयो ।
नेपाली काँग्रेस रुपन्देही प्रदेश सभा क्षेत्रीय समिति ३ (ख)ले बिहिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता खाँणले गबन्धनलाई कायम राख्न काँग्रेस प्रतिवद्ध रहेको बताउनु भएको छ । काँग्रेसका कतिपय नेताहरुका पार्टी एक्लै चुनाव लड्नुपर्ने धारणा बाहिर आईरहँदा गृहमन्त्री समेत रहेका नेता खाँणले गठबन्धनलाई साथमै राखेर काँग्रेस चुनावमा जान प्रतिवद्ध रहेको बताउनु भएको हो ।
नेता खाँणले अफ्ठ्यारो परिस्थितीमा बनेको सत्ता गठबन्धनलाई कायमै राखेर काँग्रेस चुनावमा जान चाहेको बताउनु भएको हो । उहाँले विकास र समृद्धि तथा शान्ति र स्थायितवको लागि स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवारले जित्नुपर्ने पनि बताउनु भयो ।