कपिलवस्तुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

1.3K

कपिलवस्तुमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

कपिलवस्तुमा टिप्परले ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्व देखि पश्चिम तर्फ जाँदै गरेको ना १ क ७४५३ नम्बरको टिप्परले विहिवार विहान ९ बजेको समयमा जिल्लाको बिजयनगर गाउँपालिकामा मोटर साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटर साइकलमा सवार विजयनगर-७ मानपुर बस्ने स्थानीय वर्ष ४५ का लालमन केवटको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
टिप्पर र चालक प्रहरी को नियन्त्रणमा रहेका छन् । घटनाको बारे थप अनुसन्धान भइरहेकोे प्रहरीको भनाई छ ।