रुसी आक्रमणमा विस्थापित भएकालाई १० लाख यूरो सहयोग

1.3K

रुसी आक्रमणमा विस्थापित भएकालाई १० लाख यूरो सहयोग

स्पेनी क्लब रियल म्याड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख यूरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने लालिगाका नेताहरुले जनाएका छन् ।
उक्त सहयोग रेडक्रस, राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनहरु मार्फत प्रदान गरिनेछ ।
राष्ट्रसंघका अनुसार झन्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् ।