तोकिएकै मितिमा चुनाव हुन्छ, प्रचारमा जुट्नुहोस् : गृहमन्त्री खाँण

1.3K

तोकिएकै मितिमा चुनाव हुन्छ, प्रचारमा जुट्नुहोस् : गृहमन्त्री खाँण

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले तोकिएकै मितिमा चुनाव हुने दावी गर्दै प्रचारमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन गर्नुभएको छ । शनिबार गृह जिल्ला रुपन्देहीको बुटवल तामनगर–फर्साटिक सडकमा निर्मित दानव नदि पुलको उद्घाटन गर्दै उहाँले तोकिएकै मिति बैशाख ३० मा चुनाव हुने बताउनु भएको हो ।
उहाँले सरकारले तोकिएकै मितिमा चुनाव हुने बताउँदै चुनाव हुन्छ की हुन्न भन्ने दोधारमा नरहन र चुनावको प्रचारमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन गर्नुभएको हो । त्यस्तैगरी उहाँले अमेरिकी सहयोग परियोजना एमसिसि नेपालको हितमा भएको पनि बताउनु भयो । उहाँले पार्टीका नेता कार्यकर्तालाई एमसिसि नेपालको हितमा रहेको भन्दै प्रचार गर्न पनि आग्रह गर्नुभयो ।
एमसिसि नेपालको विद्युत विकासमा कोशेढुंगा सावित हुने बताउँदै नेपालमा प्रसस्त विद्युत उत्पादन गर्न सके ईन्धनमा आयात प्रतिस्थापन गर्न सकिने भन्दै एमसिसि बिरुद्ध फैलाईएको भ्रमलाई चिर्न आग्रह गर्नुभयो ।
गृहमन्त्री खाँणले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र पूर्ववर्ती सरकारले जसरी अगाडि बढाएको छ, हुवहु कार्यान्वयन नहुने पनि बताउनु भयो । उहाँले वर्षाैदेखि बसेकालाई व्यवस्थित गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाईने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले कोरोना महामारीका बिचपनि सरकारले विकासका काम नरोकेको बताउँदै समग्र लुम्बिनी प्रदेशको बिकासको नेतृत्व लिन गृहमन्त्री खाँणलाई आग्रह गर्नुभयो ।
त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले समग्र जिल्लाको विकासको लागि सबै राजनीतिक दल मिलेर काम गर्नुपर्ने भनाई राख्नुभयो ।