स्थानीय तहको निर्वाचन : काँग्रेसले छान्यो बुटवलको वडा नं. ९ मा उम्मेद्वार

273

स्थानीय तहको निर्वाचन : काँग्रेसले छान्यो बुटवलको वडा नं. ९ मा उम्मेद्वार

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं. ९ मा उम्मेद्वार चयन गरेको छ । नेपाली काँग्रेसको मंगलबार बिहान भएको वडा भेलाले सर्वसम्मत रुपमा वडाको उम्मेदवार चयन गरिएको हो ।
भेलाले वडा सभापति प्रदिपकुमार श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै वडा सदस्यहरुमा खुल्लाबाट सुर्यबहादुर कार्की र विवस पुरी भरत तथा महिलाबाट ईन्दिरा ज्ञवाली र दलित महिलाबाट मायाँ परियारलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको मनकामना टोल समितिका सचिव नारायण खनालले जानकारी गराउनु भयो ।
काँग्रेस आपसमा नमिलेकै कारण अघिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारले हार व्यहोर्नु परेको भन्दै अहिले जसरी पनि जीत हात पार्नेगरी काँग्रेस मिलेर अगाडि बढिएको उहाँको भनाई छ । भेलाले जसरी सर्वसम्मत नाम अगाडि सारेको छ, त्यसैगरी चुनावमा पनि एक भएर जाने उहाँले बताउनु भयो ।
पार्टीका वडा सभापति प्रदिपकुमार श्रेष्ठले पनि पार्टीमा अहिले कुनै प्रकारको मनमुटाव नरहेको र सबैले एकमतका साथ सर्वसम्मत उम्मेदवार चयन भएकाले जीत निकाल्न सकिन्छ भन्ने विश्वास बढेको बताउनु भयो ।