दाङमा एक महिला मृत अवस्थामा फेला

150

दाङमा एक महिला मृत अवस्थामा फेला

दाङको बबई गाउँपालिकामा एक जना महिलाको शव मृत अवस्थामा फेला परेको छ । बबई-७ राउताराकी ६५ वर्षीया गंगी कुँवरको शव घर नजिकै फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।
कुँवरको शव देखेपछि स्थानीय वनका चौकीदारले उनकोे परिवारलाई खबर गरेका थिए ।
उनकोे हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतको शव पोष्ट मार्टमको लागि तुलसीपुर लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।