एमाले केन्द्रीय कमिटीको बैठक सुरु

128

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बसेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
बैठकमा सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । त्यस्तै चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्ड लगायत कार्यसूची छन् । बैठक दुई दिनसम्म चल्ने जनाइएको छ ।