स्थानीय निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न सरकार लागिपरेको छ : गृहमन्त्री खाँण

1.3K

स्थानीय निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न सरकार लागिपरेको छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै मन्त्री खाँणले स्थानीय निर्वाचन शान्तिपूणर् रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको पनि बताउनुभयो ।
नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको उहाँको धारणा छ ।
गृहमन्त्री खाँणले सशस्त्र प्रहरीका अधिकृत र जवानको लामो समयदेखि रोकिएको वृत्तिविकास सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताउँदै यस विषयमा सरकारले ध्यान दिइरहेको बाउनुभयो ।