काँग्रेसकाे भातृ संगठन तरुण दल र नेविसंघमा अध्यक्ष नियुक्त

1.3K

काँग्रेसकाे भातृ संगठन तरुण दल र नेविसंघमा अध्यक्ष नियुक्त

नेपाली काँग्रेसकाे भातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघमा अध्यक्ष नियुक्त गरिएकाे छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दलकाे अध्यक्षमा विद्वान गुरुङ र  विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गर्नुभएकाे हाे ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सभापति देउवाले तरुण दल र नेविसंघ केन्द्रीय तदर्थ समितिको अध्यक्ष नियुक्त गर्नुभएकाे हाे ।