बुटवलको जितगढीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु

155

बुटवलको जितगढीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु

बुटवलको जितगढीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहीबार करिब १ बजे बुटवलबाट जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवल तर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
ठक्कर खाएर सडकमा लडेका स्कुटर चालकलाई बुटवल तर्फ आउँदै गरेको ना १ क ४१४६ नम्बरको तिलोत्तमा क्याम्पसको बसले किच्दा गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भई हाल बुटवल-१३ बस्ने मनोज थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटरका चालकलाई किचेर फरार भएको बसलाई नियन्त्रणमा लिइसकिएको र अहिले किच्ने बस, बसका चालक र मोटरसाइकल र मोटरसाइकलका चालक प्रहरी नियन्त्रणमा रहेका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो ।