बडीगाड खोलामा बेपत्ता भएका गिरीको शव फेला

161

बडीगाड खोलामा बेपत्ता भएका गिरीको शव फेला

गुल्मीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवाको शव फेला परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-५ का २३ वर्षीय किरण गिरी बुधबार बडीगाड खोलामा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए ।
उनको शव बिहीबार दिउँसो छत्रकोट गाउँपालिका-५ को उल्लीखोला पुलदेखि करिब ५० मिटर पूर्वतर्फ बालुवामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गिरीको शवलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।