चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

1.3K

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउँदै छन् । उहाँ तीन दिनको भ्रमणका लागि काठमाडौँ आउन लाग्नुभएको हो । वाङ दिउँसो साढे तीन बजे नयाँदिल्लीबाट काठमाडौँ आइपुग्ने तयारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँ हाल दक्षिण एसियाली देशको भ्रमणमा हुनुहुन्छ ।
परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा वाङको भ्रमण हुन लागेको हो । वाङको नेपाल बसाइको क्रममा दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनका लागि सहमति गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । वाङको भ्रमण अमेरिकी सहयोग परियोजना एमसिसी सदनबाट अनुमोदन भएपछिको परिवेशमा हुन लागेकाले अर्थपूणर् ठानिएको छ ।
वाङले नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।