कपिलबस्तुको एक फर्निचरमा आगलागी, ११ लाखको क्षति

1.3K

कपिलबस्तुको एक फर्निचरमा आगलागी, ११ लाखको क्षति

कपिलबस्तुमा बिहीबार दिउँसो आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । जिल्लाको बियनगर गाउँपालिका-५ बघमरुवास्थित अलि हसनको निसा समिल काठ फर्निचरमा आगलागी भएको हो ।
आगलागीबाट नगद ६ लाख रुपैयाँ, फ्रिज, टिभी, साईकल, काठ, फर्निचर, लगायत गरि कुल ११ लाख बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको भनाई छ ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणा लिइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।