एनएमबि बैंक परासीद्वारा वित्तीय साक्षरता कार्यक्रम

1.3K

एनएमबि बैंक परासीद्वारा वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंक लिमिटेड रामग्राम परासीले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । अन्तर्राष्ट्रिय रूपमा मनाउँदै आइरहेको “ग्लोबल मनि विक २०२२” को अवसरमा बैंकले रामग्राम स्थित परासी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
सो अवसरमा एनएमबि बैंक लिमिटेड रामग्राम परासीका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले वित्तीय साक्षरता सम्बन्धि सहजीकरण गर्नुभएको थियो । उहाँले बैंकको महत्व र दैनिक जीवनमा यसको प्रयोग, डिजिटल बैकिङ्ग, फ्रडबाट सुरक्षित रहने उपाय, भिडियो कल माफर्त खाता खोल्न सकिने सुबिधा, शेयर कारोबार लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरुको बारेमा अभिमुखिकरण गर्नुभएको थियो ।

कार्यक्रममा परासी क्याम्पसका सह—प्राचार्य गोविन्द न्यौपानेले युवा विद्यार्थी तथा शिक्षक/प्राध्यापकहरुलाई लक्षीत वित्तीय साक्षरता सम्बन्धी महत्वपूणर् कार्यक्रम आयोजना गरेकोमा कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बैंकका कर्मचारी डिबि कठयात, चिरञ्जीवी पौडेल, काशिराम डुम्रे, विवेक कुमार चौधरी, अमृत भण्डारी लगायतको उपस्तिथि रहेको थियो ।
एनएमबि बैंकले सन् २०१७, २०१८, २०१९ र २०२१ मा बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको छ ।