नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न आज बिहान गृहमन्त्री खाँण उहाँकै निवास खुमलटार पुग्नुभएको थियो ।
भेटमा स्थानीय तहको निर्वाचनको तयारी र समसामयिक राजनीतिबारे छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । आगामी बैशाख ३० गते निर्धारित स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने विषयमा नेताहरुबीच छलफल भइरहेको छ ।