सर्लाही बस दुर्घटना : ४ जनाको मृत्य, २५ जनाभन्दा बढी घाइते

148

सर्लाही बस दुर्घटना : ४ जनाको मृत्य, २५ जनाभन्दा बढी  घाइते

सर्लाहीको फूलजोर खोलाको पुलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य २५ जनाभन्दा बढी घाइते भएका छन् । वीरगञ्जबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५५५ नम्बरको बस लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित आइतबार मध्यान्ह पुलबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि लालबन्दीको मोडेल र गढिमाई अस्पताल ल्याइएकामध्ये चार जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरी निरीक्षक दोङका अनुसार मृतकहरुको सनाखत भइसकेको छैन् । घाइतेको उद्धार गरी लालबन्दीका विभिन्न अस्पतालमा ल्याइएको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र रेफर गर्ने क्रम भइरहेको अस्पतालले जनाएको छ । बस दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।